उद्योग विभागमा अधिकृत र नासुको रजाईँ, महानिर्देशक रमिते

राजनीति समाचार

काठमाडौंं । जुन उद्देश्यले जेनजी सरकार बनेको थियो त्यसअनुसारको काम हुन सकेको छैन । भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न बनेको सरकारले न त मन्त्रिमण्डल पुरा गर्न सक्यो न त भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न सक्यो । सरकारका मन्त्रीहरु नै आफ्नो दायित्व र जिम्मेवारीप्रति अनविज्ञ भइरहेका छन् । उद्योगमन्त्री अनिल कुमार सिन्हाले व्यापारीहरुलाई प्रयोग गरेर आफ्नो दुनो सोझ्याउने काम गरिरहेका छन् । उद्योगी व्यापारीहरुले पनि मन्त्रीको आदेश अनुसार चल्ने र आफ्ना कालाकर्तुत लुकाउने काम गरिरहेका छन् । त्यसको उदाहरण लिन सकिन्छ उद्योग विभागलाई । उद्योग विभागका तत्कालीन महानिर्देशक राजेश्वर ज्ञवालीलाई मन्त्रालय तानेर जितेन्द्र बहादुर बस्नेतलाई विभागको महानिर्देशक बनाएको थियो । विभागबाट मन्त्रालयमा तानिएका ज्ञवालीले महिनादिनभित्र दुईपटक त विदेश सेयर गरिसकेका छन् । उता, उद्योग विभागमा पुगेका महानिर्देशक बस्नेतलाई गुमारहमा पारेर कर्मचारीहरुले फाइदा उठाइरहेका छन् ।

विगत लामो समयदेखि उद्योगमा डेरा जमाउँदै आएका शाखा अधिकृत सन्तोष श्रेष्ठ, नासु सुमन पोखरेल र निर्देशक पशुपति पुरीले उद्योग विभागमा हालीमुहाली जमाइरहेका छन् । निर्देशक पुरी राष्ट्रिय सभाकी नवनिर्वाचित सदस्य रामकुमारी झाक्रीका श्रीमान् हुन् । उनीहरुले नयाँ महानिर्देशक बस्नेतलाई गुमराहमा पारेर उद्योग दर्ता, नविकरण र म्याद थपमा बार्गेनिङ गरी उद्योगीहरुसँग लाखौं असुलीधन्दा चलाइरहेका छन् । कर्मचारीहरुको यस्तो हर्कतले उद्योगी, व्यापारीहरु प्रताडि भइरहेका छन् । विभागले अनलाइनमार्फत दर्ता, नविकरण र म्याद थपको विवरण पठाउन लगाउने र समय नाघेपछि तपाईँहरुको विवरण नै आएको छैन भनेर उद्योगीहरुलाई जरिवना तिराउने नाममा बार्गेनिङ गरेर कर्मचारीले रकम चलखेल गरिरहेको पीडितको भनाइ छ । त्यस्ता उद्योगीहरुसँग कर्मचारीले जरिवना कम गराउने नाममा घुस खाने गरेको बताइन्छ ।

यस्तो रवैयाले कर्मचारीतन्त्रमा ‘जुन जोगी आए पनि कानै चिरेको’ भन्ने भनाइ चरितार्थ भएको छ । अर्कोतर्फ उद्योगमन्त्रालयमा पनि नयाँ उद्योग दर्ता गर्न जाने सेवाग्राहीलाई कागजी डकुमेन्टमा यो पुगेन र त्यो पुगेन भनेर झुलाउने र पैसाबिना काम नहुने प्रवृत्ति बढिरहेको छ । कर्सर उद्योग दर्ता र नविकरण गर्न मन्त्रालयमा बोर्ड बैठक नै बसेर ठूलो रकमको चलखेल भएको मन्त्रालय स्रोतले बताएको छ । अन्य ठूला उद्योग दर्ता र नविकरणमा भएको रकम चलखेलको त खेखाजोखा नै छैन । त्यसले गर्दा जेनजी सरकार जुन उद्देश्यले बनेको थियो त्यो अहिले ‘काम कुरो एकातिर कुम्लो बोकी थिमितरि’ भनेजस्तै भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *