सामाजिक सञ्जालकै कारण देशको दुर्दशा

राजनीति समाचार

काठमाडौं । सञ्चार क्षेत्रमा समस्याहरु देखिएपछि सञ्चारकर्मीहरु सञ्चार गृह छाडेर कोहि विदेशिनेक्रम जारी छ भने कोहि राजनीतितिरलर्काे लाग्न थालेका छन् । सञ्चारकर्मीहरु विदेशिने र राजनीतिमा होमिनु भनेकोसञ्चार जगतनै बद्नाम हुनु हो ।सामाजिक सञ्जालमा आएका भीडियोलाई समाचार मान्न थालेपछि कन्टेनहरुओझेलमा पर्न थालेका छन् । एकातिर सञ्चारगृहले पत्रकारहरुलाई समयमा पारिश्रमिक नदिनु अर्काेतिर पत्रकारहरुले सत्यतथ्य समाचार खोज्न नसक्नुले गर्दा सञ्चारकर्मीहरु पेशाबाट पलायन हुदैँ गएका छन् । नेपालमा सञ्चारकर्मीहरु भन्दा गैह्र सञ्चारकर्मीहरु हावी भएका छन् । श्रमजीवी पत्रकार र सञ्चारकर्मीहरु भने विभिन्न बहानामा पलायन हुदैँ गएका छन् ।

अधिकांश सर्वसाधारण पनि पत्रपत्रिका हेर्नेभन्दा सामाजिक सञ्जालमा रमाउने र त्यसबाट देशको प्रतिस्थितिबारे धारणा बनाउने गरेका छन् । सामाजिक सञ्जालमा व्यक्तिहरुको चरित्र हत्या गर्ने र राजनीतिक दलहरुको खेदो खन्ने प्रवृत्ति बढेको छ । सामाजिक सञ्जालकै कारण घरघरमा झगडा गराउने, समाजमा नचाइदो अफवाह फैलाउने, राष्ट्र र राष्ट्रियतामाथि खेलवाड गर्ने हर्कतहरु भइरहेका छन् । त्यसले राजनीतिक दल, पत्रकार, प्राध्यापक, बुद्धिजीवी र प्रतिष्ठित व्यक्तिहरुको धज्जी उडाउने काम भएको छ । त्यसले गर्दा सामाजिक सद्भाव भड्किने खतरा त्यत्तिकै छ ।

सामाजिक सञ्जालले विकास निर्र्माणका कामहरुको प्रचार गर्ने भन्दा पनि विकास विरोधी र व्यक्ति विरोधी हल्लामा उत्रिएपछि राजनीतिक दलहरुलाई समस्या पर्दै गएको छ । राजनीतिक दल र सम्बन्धित निकायलेसामाजिक सञ्जालप्रति कुनै चासो देखाएका छैनन् । सामाजिक सञ्जालकै कारण देशमा विकृति विसंगतिहरुको प्रचार हुने र भएनभएका समाचार प्रचार हुने कारणले आज राजनीतिक दलहरुको यो अवस्था आएको हो ।

छापा माध्यमहरुले समाचार पस्कदा केहि अध्ययन र अनुसन्धान गरी समाचार प्रकाशित गर्ने गर्दछन् भने सामाजिक सञ्जालमा विभिन्न व्यक्तिहरुलाई ल्याएर भएनभएका गतिविधि पस्केर सर्वसाधारणमा भ्रामक समाचार, भिडियो, अडियोले राजनीतिक दलदेखि विभिन्न प्रतिष्ठित व्यक्तिहरुको धज्जी उडाउने काम भएको छ ।सामाजिक सञ्जाल प्रयोग गरेर भ्युज बढाएर डलरको खेती गर्नेहरुको हालिमुहालि चल्ने गरेको छ । प्रिन्ट मिडियाका सञ्चालहरु भने विज्ञापन नपाएर भौतारिनुको साथै श्रमजीवी पत्रकारहरुलाई महिनावारी पारिश्रमिक दिन नसकेर सञ्चारगृह बन्द गरेर हिड्नु पर्ने बाध्यता आइपरेको छ । उद्योगी व्यापारी र राजनीतिक दल, प्राध्यापकहरुले तीनै सामाजिक सञ्जाल प्रयोग गर्ने र प्रिन्ट मिडियाहरुलाई पाखा लगाउने काम गर्दै आएका छन् । त्यसले गर्दा नेपालका छापा माध्यमहरु कुन चरीको नाम जस्तै बन्न पुगेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *