जुम्लाको तातोपानीमा लिफ्ट सिँचाइ आयोजना निर्माणको काम सम्पन्न

विविध समाचार

काठमाडौं । जुम्लाको तातोपानी गाउँपालिका– ६ स्थित धौलापानीमा लिफ्ट सिँचाइ आयोजना निर्माण सम्पन्न भएको छ ।

कृषिका माध्यमबाट किसानको आयआर्जन वृद्धि गर्ने लक्ष्यसहित ५७ लाख ६१ हजार रुपैयाँको लागतमा आयोजना निर्माण गरिएको हो । कृषि खाद्य प्रणालीका लागि नवीकरणीय ऊर्जा ९रेरास० परियोजनाको सहयोग र गाउँपालिकाको समन्वयमा पचास घनमिटरको रिजर्भ ट्याङ्की र दुईवटा १० घनमिटरका सहायक ट्याङ्की निर्माण गरिएको छ ।

लिफ्ट सिँचाइ आयोजना उपभोक्ता समितिका अध्यक्ष लक्ष्मीचन्द्र विष्टका अनुसार आयोजनाबाट वडाका ३५ परिवार लाभान्वित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *