नेपालमा ५७ अर्ब बढीको विदेशी लगानी, सबैभन्दा बढी सूचना प्रविधि पर्यटन क्षेत्रमा प्रतिबद्धता

अर्थ/वाणिज्य विविध समाचार

काठमाडौं । चालु आर्थिक वर्ष चैत महिनासम्म नेपालमा ५७ अर्ब बढीको विदेशी लगानी प्रतिबद्धता आएको छ ।

उद्योग विभागले प्रकाशन गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको चैत महिनासम्म नेपालमा ५७ अर्ब ९७ करोड ५४ लाख ७३ हजार चार सय रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता आएको हो ।

विभागका अनुसार समीक्षा अवधिमा २ अर्ब ८९ करोड ७९ लाख ९७ हजार रुपैयाँको विदेशी लगानी प्रतिबद्धता अटोमेटिक रुटबाट आएको हो भने बाँकी लगानी प्रतिबद्धता म्यानुअल रुटबाट आएको हो । समीक्षा अवधिमा विभिन्न ३२ वटा कम्पनीको १ अर्ब ९४ करोड ५० लाख ४१ हजार रुपैयाँ बराबरको शेयर खरिद तथा प्रविधि हस्तान्तरण गर्ने स्वीकृति विदेशी लगानीकर्ताले लिएका छन् ।

समीक्षा अवधिमा ४७६ वटा विभिन्न उद्योगमा विदेशी लगानीको प्रतिबद्धता आएकोमा त्यसमध्ये ४६८ वटा साना, ८ वटा मझौला र ४ वटा ठूला उद्योग रहेका छन् । त्यसमा पनि समीक्षा अवधिमा आएको विदेशी लगानीकर्ता प्रतिबद्धताअनुसार उनीहरूको सबैभन्दा ठूलो आकर्षण नेपालको सूचना प्रविधि पर्यटन क्षेत्रमा देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *