नेपालमा फेला पर्यो नयाँ प्रजातिको बैजनी कोइली चरा

विविध समाचार

काठमाडौं । नेपाल र मलेसियाका चरा विज्ञहरुको टोलीले नेपालको पूर्वी इलाम सुखानीमा नयाँ प्रजातिको चरा–बैजनी कोइली फेला पारेको छ ।

नेपाल र मलेसियाका चरा विज्ञहरुको टोलीले प्रेस विज्ञप्ती जारी गर्दै यस बारेमा जानकारी गराएका हुन् । गएको चैत २५ मा नेपालका चराविद् राजेन्द्र गुरुङसहितको टोलीले चरा अवलोकनको क्रममा समुन्द्र सतहबाट तीन सय मिटर उचाइमा रहेको सुखानी वन क्षेत्रमा चरा फेला पारेको थियो । गुरुङको साथमा मलेसियकाका चरा विज्ञ एलेकजान्डर जोन एङ याङ र रोजर रोबर्ट राजा पनि रहेका थिए । साथै सो टोलीमा नेपाली चराविद् अनिश तिमिल्सिना पनि संलग्न थिए ।

कुकुलिफर्म्स वर्गको कुकुलिडी परिवारमा पर्ने यो चरा भुटान, मलेसिया, सिङ्गापुर, बंगलादेश, ब्रुनाइ, चीन, भारत, इन्डोनेसिया, लाओस, फिलिपिन्स, म्यानमार, थाइल्याण्ड र भियतनाममा आवासीय रुपमा नै पाइने गरेको नेपाल पन्छीविद् संघले जनाएको छ । यसले भुटान, फिलिपिन्स र सिंगपुरमा प्रजनन् गर्ने पाइएको छ । विश्वमा यो चराका दुई उपप्रजाति सी.एक्स.साइन्थोरिङ्कस र सी.एक्स.एमिथिस्टिनस छन् । नेपालमा भेटिएको चरा सी.एक्स. साइन्थोरिङ्कस भएको नेपाल पन्छीविद् संघले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *