संसद् पुनस्र्थापनाको सपनाले कतातिर पु¥याउला ?

राजनीति समाचार

काठमाडौं । नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवाको वरिपरि घुमेर फाइदा उठाउँदै आएका आसेपासे केही नेताहरु संसद् पुनस्र्थापना गराएर आफल्नो रोजीरोटी जुटाइ दिन सर्वोच्च अदालत धाउने र दलीय प्रभाव पार्ने होडवाजीमा छन् । विशेष महाधिवेशनले पार्टी सत्ता खोस्यो । चुनावी परिणामले राजकीय सत्ता खोस्ने लक्षण देखेपछि संसद् पुनस्र्थापनाको पक्षमा देखिएका छन् । चुनावमा भिड्ने आँट नभएका समानुपातिक संसद् बनेर शेरबहादुर देउवाले कृपामा दिएको संसदीय दलका प्रमुख सचेतक पद भँजाएर श्याम घिमिरेको टोली कांग्रेसी बिल्ला लागेका प्रधान न्यायाधीशलाई भेट्न सर्वोच्च पुग्नुले राजनीति तहमा शंका उब्जाउँदैछ ।

जब कि अध्यक्ष ओली आफै चुनावी घोषणापत्रको तयारी र निर्वाचन क्षेत्रको भ्रमणमा व्यस्त छन् । संसद् पुनस्र्थापनाको माग राख्दै सर्वोच्च अदालत पुग्ने पहिलो दल नेकपा एमाले हो । एमाल र कांग्रेसको संसद् संख्याकै आधारमा सर्वोच्च जाने त्यो समूह शेरबहादुर देउवाका विश्वासी पात्र हुन् ।

विशेष महाधिवेशनलाई अस्वीकार गर्ने कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, डा. शशांक कोइराला, विमलेन्द्र निधि, कार्यवहाक सभापति पूर्वबहादुर खड्कालगायतालई बोकेर देउवा दरबार धाएकै हुन् । बहुमतको आडमा महाधिवेशन प्रतिनिधिमाथि अपमान गर्ने त्यो जमात पार्टीमै बहिस्कृत बन्दा अदालती झमेला उतार्न दौडिएको हो । तर, कांग्रेसको वैधानिकता महाधिवशेनको निर्णयलाई चुनौती दिन सर्वोच्च अदालत गएको कायर टोलीलाई प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले भेट दिएका छैनन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *