काठमाडौं । भागबण्डमै रमाएको कांग्रेसमा यसपटक डा. शेखर कोइराला, डा. सुनिल शर्मा र मिनेन्द्र रिजाल २० प्रतिशतका भागिदार भएका छन् । विशेष महाधिवेशनमा शेरबहादुर देउवालाई उपस्थित गराउन जोड दिँदादिँदै डा. शेखरको अगाडि आएको सभापति पद खुस्कियो । अब उनको लागि कांग्रेस २० प्रतिशतमा खुम्चियो । हिजो संस्थापनले ६० प्रतिशत लिएर इतरपक्षलाई ४० प्रतिशतले चित्त बुझाउथ्यो । कोइराला वंशले जे ग¥यो देउवाले २ पटक त्यहीँ गरे । आज देउवा २० प्रतिशत र डा. शेखर २० प्रतिशतमा खुम्चिएका छन् ।
समयले को कहाँ पुग्छ राजनीतिमा निश्चित हुँदैन । प्रतिस्पर्धाबाट नेता बन्नेहरु भागबण्डाले कतिबेला को कहाँ हुन्छ निश्चित हुँदैन । आज देउवा र डा. शेखरको त्यस्तै भएको छ । स्थानीय तह र प्रदेशको निर्वाचन अगावै १५ औं महाधिवशेन हुने कुरा सभापति गगन थापाको विजय र सरकारको नेतृत्व कांग्रेसले गर्न पाउँदा त्यो अवस्था होला नत्र उनीहरुले सोचेजस्तो हुने देखिँदैन । उता डा. शेरखर पक्षका डा. सुनिल शर्मा चुनाव जित्न जति ढुक्क छन् त्यति ढुक्क डा. शेखर र मिनेन्द्र रिजाललाई छैन ।
मोरङ ६ मा २०७४ सालमा लालबाबु पण्डितले डा. शेखरलाई हराएका थिए भने २०७९ सालमा माओवादीसँगको गठबन्धन हुँदा डा. शेखरले जितेका थिए । तर, यसपटक भने कसैसँग गठबन्धन नगरेको कांग्रेस तीन चिरामा विभाजित भएको छ । प्रदेश सरकार एमालेको नेतृत्वमा छ ।

