काठमाडौं । नेकपा र तत्कालीन माओवादीले आफ्नो गुरु मान्ने निष्ठा र त्यागका धरोहरका रुपमा वापन्थी लेखक तथा सर्जकहरुले स्वीकार्ने साहित्यका धरोहर पत्रकारिताका निष्ठावान कृष्णसेन इच्छुकका हत्यारा विक्रम सिंह थापा कपिलवस्तु २ बाट रास्वपाका उम्मेदवार बनेका छन् ।
माओवादीको पत्रकार समूह प्रेस सेन्टर नेपालले गुरु मान्ने सेनको हत्या गर्दा थापा प्रहरीका डिएसपी थिए । आज प्रहरीभित्रका त्यो बेलाका बदनाम पात्रहरु रास्वपाबाट चुनावी मैदानमा उत्रिएका छन् । आज रास्वपा त्यो भेलको मुस्लो बन्दै छ । पत्रकारकै हत्या गर्नेलाई पत्रकारिता गरेकै नेता सभापति भएको पार्टीले कसरी र किन उम्मेदवार बनाएको छ ?
तर, हरेक वर्ष जेठ १३ गते कृष्ण सेनको स्मृति दिवस मनाएर झ्याली पिट्ने प्रेस सेन्टर नेपालले भने कपिलबस्तुको शाखालाई आफ्नो संगठनको रक्षक र संस्थापकका हत्यारालाई मत नदिन संगठित रुपमा आवह्वान गर्नु त कता हो कता उल्टै तीनै थापाको पक्षमा वकालत गर्नेहरुलाई इतिहास बुझन् भन्न सक्दैन । त्यही प्रवृत्तिका गोविन्द पन्थी पनि गुल्मी २ मा उम्मेदवार बनेका छन् । जो डीएसपीबाट अवकास भएका व्यक्ति हुन् ।
उनी निरीक्षक बन्दा जनतालाई धम्क्याएर चर्चित बन्न खोज्थ्ये । यिनी एमाले उपाध्यक्ष्य गोकर्ण विष्टविरद्ध उठेका छन् । थापा दीर्घ नारायण पाण्डेका प्रतिस्पर्धी भएका छन् । यिनी बद्नाम प्रवृत्तिका विरुद्ध नेकपा र एमाले नै लाग्नुपथ्र्यो तर आँट गरेनन् । प्रहरी पोशाकका नायकहरु रमेश खरेल र सर्वेन्द्र खनालप्रति जनलहर देखिएको छैन ।

