राजनीतिमा स्थायित्व नहुँदा जताततै विकृति र भ्रष्टाचार

राजनीति समाचार

काठमाडौं । नेपालको राजनीतिमा स्थायित्व नहुँदा देश भ्रष्टाचार र विकृतितर्फ धकेलिदैँ गएको छ । त्योसँगै नेपालको अर्थतन्त्र पनि कमजोर बन्न पुगेको छ । अर्थतन्त्र चलायमान नहुँदा व्यापार व्यवसाय समेत धरापमा परेको छ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबाट बनेको सरकार नत भ्रष्टाचार नियन्त्रण गर्न सकेको छ नत अर्थतन्त्र नै चलायमान बनाउन सकेको छ । देश निर्वाचनमा होमिएको छ । सरकारका मन्त्रीहरु राजीनामा दिएर निर्वाचन लड्न होमिएका छन् । त्यसले गर्दा देशमा विकृति विसंगति, भ्रष्टाचार र बेथिति बढ्दै गएको छ ।

व्यापारीहरुले राजश्व छलिरहेका छन् । भन्सार, राजश्व र निर्वाचन आयोगका कर्मचारीहरुलाई दशैँ आएको छ । सर्वसाधारण जनताले महङ्गी र कालोबजारी खेपिरहनु परेको छ । तर सरकार भने मुकदर्शक बनेर बसिरहेको छ । निर्वाचन नजिकिएसँगै सरकारले भने अनुसारको काम नत कर्मचारीले गरेका छन् नत उद्योगी व्यापारीहरुले नै गरेका छन् । उद्योगी व्यापारीहरु निर्वाचनका होमिएका छन् । उनीहरु आ–आफ्नो पार्टीका नेताहरुलाई जिताउन लागि परेका छन् । बजारमा खाद्यान्नको मुल्य बढाइएको छ । सरकार छ कि छैन भन्ने भान सर्वसाधारणमा भएको छ ।

अझै पनि आम जनतालाई निर्वाचन हुन्छ भन्ने विश्वास छैन । सरकारले शान्ती सुव्यवस्था मिलाइसकेको भनिरहँदा दिनप्रतिदिन हत्या हिंसा दुर्घटना हुदाँ पनि त्यसको कुनै चासो देखाएको छैन । त्यसले गर्दा पनि आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभाको निर्वाचन सर्वसाधारण जनतालाई हात्ती आयो हात्ती आयो फुस्सा जस्तै हुने देखिन्छ । जेनजी सरकार बनेको ६ महिना पुग्न लाग्दा पनि सरकारले गरेका वाचा कवोलहरु कागजमै सिमित भएका छन् । नत सहकारी ठगीहरुलाई कारबाही भएको छ नत भ्रष्टाचारीहरुलाई कारबाही भएको छ । सरकार निर्वाचन गर्ने नाममा दिन बिताइरहेको छ । उता, राजनीतिक दलहरु चुनावको दौडधुपमा लागेका छन् । तर यसपालीको निर्वाचनमा कुन पार्टीले बढि सिट ल्याउने हो त्यो यकिन भइसकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *