काठमाडौं । २०४८ सालबाट निरन्तर डडेलधुराबाट प्रतिनिधित्व गर्दै आएका नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर दउवाले अरु निर्वाचन क्षेत्रका बारेमा चासो नदिए तापनि गृहजिल्लाका आफ्नै चेला नैन सिंह महरको निम्ति काठमाडौंबाटै गृहकार्य गरेका छन् । दुईपटक सभापति र ५ पटक प्रधानमन्त्री भएका नेतालाई पार्टीको अवस्थाका बारेमा सूचना प्राप्त नहुने कुरै छैन । त्यसमा पनि पूर्व गृहमन्त्रीहरु पूर्णबहादुर खड्का, कृष्णप्रसाद सिटौला, मिलेन्द्र निधि र विजय कुमार गच्छदारसम्मलाई गुप्तचरले दैनिक सूचना दिन्छ । गुप्तचर प्रमुख रहेका छन् टेकेन्द्र कार्की र उप–प्रमुख रहेका छन् ओम खड्का यी दुवै कांग्रेस निकट हुन् । कार्की पूर्ण बहादुर खड्काका विश्वास पात्र हुन् भने ओम खड्का स्व. खुमबहादुर खड्काका भाइ हुन् ।
एमालेमा जसरी पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई प्रदेश स्थारीय सभा र भेलामा आमन्त्रण गरेर आफ्नै उम्मेवारको खिल्ली उडाउने नेताको रुपमा लिइएको छ । ओखलढुंगा सम्पर्क मञ्चको कार्यक्रममा प्रमुख अतिथि बनेर अध्यक्ष ओलीले त्यस्तै गरे । कांग्रेसका शेरबहादुर त्यस्तो हुँदैनथे । तर उनले नयाँ नेतृत्वसँग सम्बन्ध जोडेनन् । तै पनि कहाँ कस्तो अवस्था छ, पार्टीमा उपसभापति पुष्पा भुसाल र युवा नेता जितेन्द्र बस्नेतसँग सम्पर्कमा देउवा छन् ।
पुर्वको रिपोर्ट रामहरि खतिवडाले, बाग्मतिको रिपोर्ट मुख्यमन्त्री इन्द्र बहादुर बानियालेँ, लुम्बिनीमा देवेन्द्रराज कँडेलले (जसको उम्मेदवारी) खारेज भएको छ । गण्डकीमा गोपालमान श्रेष्ठ, कर्णालीमा विष्णु खत्री, सुदूरपश्चिममा नारायण प्रसाद (एनपी) साउदसँग चुनावी रिपोर्ट लिने गरेको बताइन्छ । मधेस प्रदेशमा विमलेन्द्र निधि आफै पूर्व गृहमन्त्री र देउवाका भरपर्दा सहयात्री छन् ।
कांग्रेसमा यो सातासम्म कतै कुनै चुनावी सभामा शेरबहादुर देउवा मात्र होइनन् । कोइराला वंशका डा. शशांक र सुजाता कोइराला देखिएनन् भने अबको कांग्रेसले यीनको विगतको बिरासत र पार्टीप्रतिको त्याग तथा समर्पण बिर्सने छन् । किन कि युवापुस्ताले वैधानिकतालाई टेकेर पद खोसेको हो ।

