काठमाडौं । चुनावी मञ्चन सबैका उस्तै छन् । यसपटक पैसाको खोलो बगाउनेहरुलाई मौन अवधि नै काफी हुने अवस्था छ । बारम्बार चुनाव जितेर आफ्नो घर गाउँमा सडक, खानेपानी, स्कूल, अस्पताल आफ्नै पहुँचबाट बनाएको वर्ग गर्नेलाई पनि यसपटक सकस छ । किन कि आजको युवापुस्ता पुरानाप्रति आक्रमक छन् । २०४८ सालबाट निरन्तर सुनसरी ३ बाट कांग्रेसी उम्मेदवार बनेका विजय गच्छेदार यसपटक ३ जना फरक पार्टीका चौधरीहरुबाट घेरिएका छन् ।
उनलाई २०७४ सालको निर्वाचनमा वामपन्थी मोर्चाका उम्मेदवार भगवती चौधरीले हराएकी हुन् । यसपालि फेरि सुनसरी ३ मा एमालेकी भगवती चौधरी, नेकपाका दूर्गेश चौधरी, रास्वपाका अशोक चौधरीले घेराबन्दीमा पारेका छन् । गच्छदार आफै पनि भूमिपुत्र थारु समुदायको भएको दावी गर्छन् । अकुत सम्पत्ति आर्जन गरेको काण्डबाट बच्न उनले बालुवाटारको हबेली राप्रपाका स्व. नेता दीपक बोहोरालाई बेचेका हुन् भने सहदेव कक्षपतिको नाउमा सम्पत्ति राखेको चर्चा छ ।
कक्षपति विजयका शाला हुन् । पुराना गाडी संकलन र विक्रीवितरण गर्ने उनको सुरुको पेशा थियो । स्व. गिरिजाप्रसाद कोइरालाले २०४८ सालमा सञ्चार राज्यमन्त्री बनाएपछि यीनको शक्ति ह्वात्तै बढ्यो । कांग्रेसमा एकेजीवी समूहमा यी चौथो नम्बरमा थिए । अर्जुननरसिंह केसी, खुमबहादुर खड्का, गोविन्दराज जोशी र विजय गच्छदार कोइराला सरकारमा शक्तिशाली पात्र मानिन्थे । यीनले स्वास्थ्य, गृह, शिक्षा र भौतिक पूर्वाधारमन्त्री हुँदा देशमा कांग्रेसको एकछत्र शासनसत्ता चलेको थियो ।
कोइराला सरकारलाई बद्नाम गर्ने ीि चार भाइमध्ये अर्जुननरसिंह आज पनि सक्रिय राजनीतिमा छन् । विजय गच्छदार २ कार्यकाल ओझेलमा परेका थिए । यसपटक शेरबहादुरको सिफारिसमा उम्मेदवार बनेका हुन् । कांग्रेसको युवापुस्ताले पुराना पुस्तालाई खासै महत्व दिएको पाइँदैन । गोविन्दराज जोशी भ्रस्टाचारकै काण्डमा मुछिएपछि कांग्रेस राजनीतिबाट बाहिरिएका छन् ।

