भूराजनीतिको चङ्गुलमा फस्दै नेपाल !

राजनीति समाचार

काठमाडौं । विश्वको भूराजनीतीले गर्दा नेपालको राजनीतिमा असर पुगेको छ । त्यसले गर्दा नेपालमा पश्मिमाहरुले खेलिरहेका छन् । दुई छिमेकी मूलक चीन र भारतले नेपालको सिमा सुरक्षाको निगरानी गरिरहेको छ । चीन र भारतसँग नेपालको असल छिमेकीको सम्बन्ध छ । अन्य देशहरुसँग असंलग्न पञ्चशीलको सम्बन्ध रहेको छ । तर बेलाबखत नेपालमा दुई छिमेकी मुलुकले नेपालको राजनीतिमा चासो राख्ने गरेका छन् । त्यसले गर्दा पनि नेपालको राजनीतिमा स्थायित्व हुन सकेको छैन । राजनीति स्थायित्व नहुँदा छिमेकी मुलुकले हेप्ने नै भए । हुदाँ–हुदाँ चीनले नेपालमा विआरआई लागू गर्न खोजिरहेको थियो । त्यो सफल हुन नसकेपछि छिमेकी अमेरिकाले नेपालको विकासको लागि एमसीसी लागू गर्न खोज्दा नेपालका राजनीतिक दल र अमेरिकी मिलिनियन च्यालेन्ज कर्पाेरेशनबीचको दुरी बढ््दै गएको थियो ।

त्यसको बाबुजुद पनि नेपालमा कांग्रेस, एमाले र माओवादीले विरोध गर्दागर्दै एमसीसी परियोजना लागू भयो । सो परियोजना लागू भएपछि चीनले पनि नेपालमा विआरआई लागू गर्नको लागि पहल गरेको थियो । नभन्दै नेपालमा विआरई लागू भयो । त्यसैको विषयलाई लिएर चीन र अमेरिकाले खेल्दै आएका छन् । एमसीसी लागू भएसँगै एसपीपी पास गर्नुपर्ने हुन्छ । एसपीपी पास गर्नकै लागि पश्चिमाहरुले रवि र वालेनलाई प्रयोग गरेको विश्लेषकहरुको आँकलन छ । किन कि एसपीपी पास गर्न कांग्रेस एमाले र नेपाली कम्युनिष्ट पार्टीले सहयोग नगर्ने भएपछि अमेरिकाले एसपीपी पास गराउनको लागि रविलाई प्रयोग गरेको भनाइ पनि सामाजिक सञ्जालमा छाइरहेको छ ।

त्यसले गर्दा नेपालको राजनीतिले कस्तो मोड लिने हो त्यो निश्चित भइसकेको छैन । पश्चिमाहरुले रास्वपालाई अगाडी सारेर नेपालमा अस्थिरता छाउने काम भएको पनि सामाजिक सञ्चालमा भाइरल हुन थालेको छ । त्यसले गर्दा दुइ उत्तरी छिमेकी चीन र भारतले नेपालको राजनीतिमा शंका गरिरहेका छन् । त्योसँगै आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनलाई भारत सरकारले गाडी, असुरग्यास सेल, सुरक्षाको वन्दोवस्त मिलाएको समेत स्रोतले उल्लेख गरेको छ । के छिमेकी मुलुक भारतले नेपाललाई यस्ता सामाग्री दिनु भनेको नेपालको हितको लागि हो कि आफ्नो फाइदाको लागि हो भन्ने चर्चा परिचर्चा आम सर्वसाधारणमा चल्न थालेको छ । त्यसले गर्दा विश्वको भुराजनीतिमा नेपाल पनि परेको अवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *