किन पर्न सकेन स्वास्थ्य र शिक्षामा उम्मेदवारहरुको नजर ?

राजनीति समाचार

काठमाडौं । भोलि प्रतिनिधि सभाको निर्वाचन सम्पन्न हुदैँछ । सबै राजनीतिक दलहरुले आ–आफ्नो घोषणा पत्र र वाचा पत्र सार्वजनिक गरिसकेका छन् । ती घोषणा–पत्र र वाचा पत्रमा गरिएका प्रतिबद्धता पत्रमा सर्वसाधारण जनता र देशको हित हुने देखिदैन । किन कि तत्कालीन निर्वाचनतामा दलहरुले गरेका घोषणा पत्र अनुसार काम हुनसकेको थिएन । यसपालि निर्वाचनमा पनि दलहरुले घोषणा पत्र र वाचा पत्रले काम गर्ने देखिँदैन । जनताको चाहनाभन्दा विपरित दलहरुले घोषणा पत्र र वाचा पत्र सार्वजनिक गरेका छन् । तर, त्यसले देश र जनताको हित हुने काम गर्ने अवस्था देखिँदैन । ती घोषणा पत्र र वाचा पत्र सबै कागजमै सिमित हुने देखिन्छ ।

दलहरुले विगत लामो समयदेखि स्वास्थ्य र शिक्षालाई घोषणापत्रमा खासै महत्व दिएका थिएनन् । जब कि नेपालमा सबैभन्दा समस्या भनेको स्वास्थ्य र शिक्षाको क्षेत्रमा हो । तर, जुनसुकै दल, वादी वा स्वतन्त्रहरुले चुनावको बेला घोषणा–पत्र जारी गर्दा पनि स्वास्थ्य र शिक्षाको क्षेत्रलाई ध्यान दिएको पाइँदैन । यसपटकको निर्वाचनमा पनि स्वास्थ्य र शिक्षाको क्षेत्रमा कुनै पनि दलहरुले महत्व दिएका छैनन् । च्याउसरी खोलिएका राजनीतिक दलहरुले घोषणा पत्रमा उल्लेख गरिएका नाराहरु सबै काम लाग्ने खालको देखिदैन । यी यस्ता घोषणा पत्रमा उल्लेख गर्ने नाराहरुभन्दा दलहरुले निशुल्क शिक्षा र स्वास्थ्य दिने वाचा गर्न सकेका छैनन् । सर्वसाधारण जनता सधैँ जसो स्वास्थ्य र शिक्षाको अभाव खेपिरहेका छन् ।

राजनीतिक दलहरुले सरकार चलाउँदा पनि स्वास्थ्य र शिक्षालाई महत्व दिनसकेका थिएनन् । त्यसै कारणले गर्दा सर्वसाधारण जनताले दलहरुप्रति विश्वास गर्न छाडेका हुन् । नयाँ खडा गरिएको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि आफ्नो वाचा पत्रमा स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिनुको सत्ता वाचा पत्रमा अनेक फण्डा ल्याएर जनतालाई भ्रममा पार्ने काम गरेको छ । अन्य स्वतन्त्र उम्मेदवार बनेकाहरुले स्वास्थ्य र शिक्षाको बारेमा नयाँ योजना र नयाँ खाका ल्याएको पाइँदैन । त्यसले गर्दा सर्वसाधारण जनता शिक्षा र स्वास्थ्यबाट पीडित बन्दै गएका छन् ।

राजनीतिक दलहरुले विद्यार्थीहरुको लागि कुनै योजना ल्याएका छैनन् । कतिपय विद्याथीहरु नेपालमा उच्च शिक्षा हासिल गर्न नसकेको तर उच्च शिक्षा हासिल गरेतापनि रोजीरोटी नपाएकै कारण विदेसिने क्रम दिनप्रतिदिन बढिरहेको छ । तर, जुनसुकै वादी वा दलको सरकार बनेपनि स्वास्थ्य र शिक्षामा ध्यान दिने गरेका छैनन् । एकातिर ध्यान नदिने अर्काेतिर भ्रष्टाचार हुने कारणले स्वास्थ्य र शिक्षा कमजोर बन्दै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *