काठमाडौं । समयमा बुद्धि पु¥याउन नसक्दा सत्ता र शक्तिमा सधैं एकनास हुँदैन । देशभर ठूलो संगठानिक सञ्जाल भएका दलहरु जनतामा पुग्न नसक्दा आज यो अवस्था आएको छ । स्थायी सरकारमा यीनै ठूला दलको बाहुल्यता छ । तर, एमालेको नेतृत्वले सहयात्रीलाई पछि पार्दा संकटको सामना गर्नुपरेको छ ।
चुनावमा अध्यक्ष केपी ओली, महासचिव शंकर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, नेता प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङहरु आफ्नै निर्वाचन क्षेत्रमा केन्द्रित हुँदा प्रदेश तहमा हुने सभाहरुमा पार्टीका विवाद रहित निष्कलंक अुनहारहरु पनि खटाएनन् । पार्टी पदमा नभए पनि सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, कृष्ण गोपाल श्रेष्ठ, युवराज ज्ञवाली, डा. बृन्दा पाण्डे, योगेश भट्टराईसम्मलाई खटाउन रुचाएनन् । उनीहरु अध्यक्ष ओलीलाई मन नपर्न सक्छन् । तर, एमालेका लागि ती नेताहरु कामय हुन सक्थे । तर, एमालेको निर्वाचन परिचालन कमिटिको संयोजक विष्णु रिमाल बनाइए । त्यसले पनि देखाउन मिल्नेहरुलाई जिम्मेवारी दिइएन ।
नेतृत्वले वास्ता नगरे पनि अध्यक्षको संझनामा नपरे पनि पुराना नेताहरु आफ्नो क्षेत्रमा उम्मेदवारसँग घरदैलोमा देखिएका थिए । बिग्रेपछि पछुताएर अर्थ छैन । मौकामा काम गर्नसक्नुपर्छ । जेनजी आन्दोलनको मूल प्रहार नेकपा एमाले र अध्यक्ष ओलीमाथि भएको छ । पार्टीमा अटेकाहरुलाई खटाउने र आफैले तिरस्कृत गरेका अनुहारहरु परिचालन नगर्दा घाटा एमालेलाई नै भएको छ ।

