ananta gurung

परिवर्तनको लागि भोट हालौं

राजनीति लेख

अनन्त गुरुङ
२०८४ सालमा हुने संबिधान अनुसारको नियमित चुनाव जेन जेड आन्दोलनको प्रभावले गर्दा २०८२ साल फाल्गुण २१ गतेमा नै हुन गईरहेकोछ । जेन जेड आन्दोलन नेपालको अवस्था बदल्नको लागि भएको हो । सबैलाई थाहा भएकै कुरा हो कि नेपालको वर्तमान दुरावस्थाको लागि पुरानो तीन दल एमाले, काँग्रेस र माओवादी जिम्मेवार छन । उक्त दलहरुले आपसमा मिलोमतो गरी नेपालको संबिधान २०७२ बनाएको कुरा सर्वविदित नै छ । उक्त संबिधान अनुसार उनीहरुले नै तयार पारेको राज्यको शासकिय स्वरुपमा आफै र आफ्ना राजनीतिक कार्यकर्ताहरुलाई रोजगारी दिने उद्देश्यले निर्माण गरिएको थियो । नेपालको संबिधान २०७२ मा गरेको शासकिय व्यवस्था पनि बढो अचम्मको छ ।

संसदमा दुईप्रकारको साँसद सदस्य हुने व्यावस्था रहेकोछ । प्रत्येक्ष निर्वाचित साँसद १६५ र समानुपाति चुनाव पद्धतिबाट निर्वाचित साँसद ११० गरी नेपालको संसदमा २७५ साँसदहरु हुने तोकिएको छ । समानुपातिक तर्फबाट हुने साँसदहरु दलका शीर्ष नेताहरुले चलखेल गरी नाम परिवर्तन वा थपघट गरी संख्या निर्वाचन आयोगले तोके अनुसारको मिलाउन सक्छन् । यहि मार्ग अपनाएर प्रत्येक्षको चुनाव हारेका दलका नेताहरु पनि समानुपातिकबाट साँसद बन्नेगरेकाछन । केहि व्यापारीहरु र व्यवसायीहरुले दलका शीर्ष नेताहरुलाई घुष खुवाएर पनि नेपालको समानुपातिक तर्फको साँसद कैयौं पटक बनेकाछन । प्रमुख तीन दलहरु एमाले, काँग्रेस र माओवादी यस्तो अनैतीक कार्यमा लामो समय देखि लागेकाछन । समानुपातिक साँसद पदहरु व्यापारीहरु र व्यावसयीहरुलाई वा आफ्नै नजिकका नातेदारहरु वा प्रत्येक्ष चुनाव जित्न नसकेका आफ्नै दलका नेताहरुलाई साँसद बनाउनको लागि समानुपातिक व्यावस्थाको दुरुपयोग लामोसमय देखि गर्दै आएकाछन ।

नेपाली जनताले बारबार रोक्ने कोसिस गर्दा पनि दलका शीर्ष नेताहरुले आफ्नो आफन्त, चुनाव हारेका र व्यापारीहरु र व्यवसायीहरुलाई समानुपातिक साँसद बनाउने धन्दा नरोकी सदाबाहार चालु राखेकाछन । यस्तो कुशासन चलाउने दलहरु कै कारण नेपालमा जेन जेड आन्दोलन भयो र त्यसैको परिणाम स्वरुप तोकिएको समय भन्दा अगावै यो आम चुनाव हुन लागेको हो । यदि पुरानो दलहरु राम्रो र सुशासन गर्ने अनुशासित भएको भए आम चुनाव २०८४ सालमा नै हुने थियो र जेन जेड बालकहरुको मास हत्या तत्कालिन ओली(देउवा सरकारको हातबाट हुने थिएन । ऐन कानुन नियम नमान्ने र सोअनुसार शासन सत्ता पनि नचलाएर आफ्नो तजबिजले शासन सत्ता चलाउने अहंकारी दलका शीर्ष नेताहरु कै कारण नेपालको कानुनी राज कमजोर बन्दै गएर माफिया राज हाबी बन्यो । आफैलाई नेपालको कानुन भन्दा माथि सम्झेर एक पछि अर्को बिभिन्न भ्रष्टाचार काण्डहरु घटाउँदै लगि नेपालमा अराजकतालाई बडवा दिए ।

कतिपय भ्रष्टाचार काण्डहरु राज्यको नीति नियम र कानुन नै संसादबाट वा अध्यादेशबाट संसोधन गर्न लगाएर पनि नियोजित तवरले नै भ्रष्टाचार काण्डहरु घटाउने गरेको पाईएकाछन ।यसरी नेपाल राष्ट्र र नेपाली जनतालाई लुटी लुटी खाँदा पनि कहिले अघायो पुग्यो नभन्ने दलका शीर्ष नेताहरु कै कारण नेपाल राष्ट्र अन्तर्राष्ट्रिय स्तरमा पनि झन झन बदनाम हुँदै गयो । युरोपियन युनियनले नेपालको हवाई उडानमा लगाएको प्रतिबन्ध अझ खुलाउन सकिएको छैन । त्यस्तै जी(७ राष्ट्रहरुले नेपाल राष्ट्रलाई भ्रष्टाचारको ग्रेलिस्टमा राखेको पनि केही बर्ष बितीसक्यो तर पनि लोभीपापी दलका नेताहरुको अभ्यासमा कुनै सुधार आएन । पुराना दलका नेताहरुलाई नेपाल राष्ट्र र नेपाली जनताले पुग्ने गरी तलव भत्ता खर्च पानी दिएको भएपनि उनीहरुको असीमित लोभलाई कहिले पनि पुरा गर्न सक्ने भएन ।

त्यसकारण उहाँहरुले बिदेशीलाई बिन्ती भाउ गरी बिकासको नाममा लिएको ऋणमा पनि भ्रष्टाचार गर्न बाँकी राखेनन् । फलस्वरुप नेपालको बदनाम संसार भर भयो र कतिपय बिदेशी मुलुकहरुले त्यस्तो दलका नेताहरुको भ्रष्टाचार रोक्नको लागि कहि कदमहरु पनि चालेकाछन । यस्तो अवस्थामा पनि दलहरु नसुध्रिएपछि जेन जेड बालकहरुले दलहरुका बिरुद्ध शान्तिपूर्ण आन्दोलन गरेकोमा त्यो पनि पुरानो दलहरुले मिलोमतोमा बनाएको ओली(देउवा सरकारको लागि अपच भयो र बिरोध गर्ने जेन जेड बालकहरुको मास हत्या गर्न पनि हिच्किचाएनन् । ३५ बर्ष लामो पुरानो दलहरुको बितेको शासन कालमा ३० पटक नै प्रधानमंत्री फेरिए र कसैले पनि पूर्णकाल शासन गर्न पाएनन् । दुईतिहाई बहुमत नेपाली जनताले दिंदा पनि केहि पुराना दलहरुले पूर्णकाल शासन गर्न नसकेर बिचैमा मध्यावधि चुनाव गराएका पनि छन ।

नेपालको राजनीतिमा यस्तो अवस्था आउनुमा पुराना दलका शीर्ष नेताहरु भ्रष्ट र अपराधी भएकाले नै हो । अपराधको पृष्ठभूमिबाट आएकादलहरुले पूर्ण बहुमत पाएर पनि तोकिएको समय सीमा सम्म सरकार चलाउन नसकी बिचैमा सरकार ढलेर सत्ता छाड्नु परेको थियो । सुशासन गरेको भए र सत्य धर्मको बटोमा आफै पनि र अरुलाई पनि हिडाएको वा हिड्न प्रेरित गरेको भए आजको यो दुर्दिन पुरानो दलहरुले देख्नु पर्ने थिएन । त्यसकारण कुशासन गरेका पुराना दलहरुलाई यो चुनावमा भोट हालेर मत वा बहुमत दिनुको कुनै अर्थ छैन । अपराधीक पृष्टभूमि भएको र धर्मको बाटो त्यागेर पापको बाटोमा लागेका पुरानो दलहरुको लागि सुशासन भनेको कानो गोरुलाई नऔंसी नपूर्णे जस्तो मात्रै हो । नेपालको त्यस्तो बिकराल र कमजोर राजनीतिक अवस्थालाई परिवर्तन गर्नको लागि नेपाली जनताले उही पुरानै दल र उही पुरानै नेतालाई भोट हालेर चुनाव जिताउनु हुँदैन । एउटै दलका नेतालाई बारबार चुनाव जिताएर नेपालको राजनीतिक दुरावस्था बदलिने होइनकि झन झन नराम्रो मात्रै बन्दै जानेछ । नेपालमा अहिले सम्म भईरहेकै यहि नै हो ।

उहि नेताहरु उहि दलहरु सत्तामा आएर उहि पुरानै चालमाल दोहर्याई राखेकाछन । यसरी नेपाली जनता र नेपाल राष्ट्र ३५ बर्ष सम्म एक कार्यकाल पनि चल्न नसक्ने अस्थिर सरकारहरुको सिकार लगातार भएकाछन । यसलाई बदल्नको निमिक्त यो पटक नेपाली जनताले अमूल राजनीतिक परिवार्तनको लागि मतदान गर्नुपर्छ । पुराना दलहरुबाट नयाँ नेताहरु चुनावी मैदानमा आएकाछन भने त्यसको मेरिटको आधारमा मत हाल्दा पनि कुनै फरक पर्दैन किनकि नयाँ उम्मेद्वारहरुको पुरानाहरुको भन्दा फरक सोच भएका हुन सक्छन । तर समंग्रमा नयाँ दलहरु र नयाँ उम्मेद्वारहरुलाई नै भोट हाल्दा नेपाली जनताको मत ज्यादा प्रभावकारी र उपयोगी बन्न सक्छन । पुराना दलहरुलाई भोटहाल्नु भनेको पुरानै अवस्थालाई फेरि स्वीकार्नु मात्रै हुन्छ । नेपाली जनताले चाहेको परिवार्तन त्यसरी संभव छैन । पुराना दलहरुबाट पटक पटक साँसद भएकाहरु धेरै छन । तिनीहरु पटक पटक बिभिन्न सरकारमा प्रधानमंत्री, उपप्रधानमंत्री, फुल मंत्री , राज्यमंत्री र सहायकमंत्री भएकाछन ।

तर तिनीहरु सबैको योगदान भनेको कुशासनलाई बढवा दिएर नेपाल राष्ट्रलाई दुरावस्थाको भुँमरीमा निरन्तर जाक्नु नै रहेकोछ । त्यसकारण कुनै पनि व्यक्तिलाई दोहर्याई तेहर्याई नेपालको साँसद मंत्री बनाएर नेपालमा परिवार्तन संभव छैन । पुरानो दलको नयाँ उम्मेद्वार र सोच पनि नयाँ नै भएको छ भने त्यसबारे सोच्दा हुन्छ तर पुराना दोहरिएका उम्मेद्वारहरुलाई ठाडै अस्वीकार गर्दा परिवर्तनको लागिसकारात्मक योगदान पुग्छ वा हुन्छ । जसरी भालुलाई पुरान सुनाएर धर्म हुँदैन उसरी नै पुराना दलहरुलाई चुनाव जिताएर नेपालमा राजनीतिक परिवर्तन ल्याउन संभव छैन । नयाँ दलहरु वा पुराना दलहरुका नयाँ उम्मेद्वारहरुलाई भोट हालेर चुनाव जिताउन सकेमा केहि न केहि परिवार्तनको आसा राख्न सकिन्छ ।

त्यसैले यस पटक यदि नेपाली जनताले नेपालको राजनीतिक अवस्थामा परिवर्तन ल्याउन चाहेको हो भने नयाँ दलका नयाँ उम्मेद्वारहरुलाई भोट हालेर चुनाव जिताउने प्रयास गर्नु पर्छ । परिवर्तनको संबाहक जेन जेड सहित काठमान्डौको पूर्व मेयर बालेन राष्ट्रिय स्वतंत्र पार्टीका मुखिया रबि सित हात मिलाएर सोही दलको नेतृत्वमा परिवर्तनको विगुल फुक्दै चुनावको मैदानमा उत्रेकाछन । बालेन नेपालको राजनीतिको सन्दर्भमा सबै भन्दा स्वच्छ छबी भएको नेता हुन । साथै उहाँले यो कुरा कामनपाको मेयर पदमा हुँदा अभ्यास गरेर नै पुष्टी गरेकाछन ।

उहाँलाई अहिले सम्म कसैले पनि भ्रष्टाचार गरेको आरोप लगाउन सकेको छैन । उहाँ वेदाग भएर नेपालमा राजनीतिक परिवर्तन ल्याउनको लागि प्रधानमंत्रीको उम्मेद्वार बनेर चुनावी मैदानमा उत्रिएकाछन । अरु त सबै पुरानै हुन तिनीहरुको न सिङ उम्रिन्छ न पुच्छर नै ३५ बर्ष सरकारमा बसेकाहरुले अव राम्रो काम गर्लान भनी आसा राख्नु बेकारका कुरा हुन । पुराना मद्धे कोहि पनि प्रधानमंत्री बन्ने हो भने कुनै ठोश राजनीतिक परिवर्तन गर्ने छैनन् । जेन जेडको अहिले सम्मका सबै सुशासनको लागि भएका प्रयासहरु भुष बन्नेछन । नेपाली जनताले जेन जेडको शान्तिपूर्ण परिवर्तनको चाहानालाई पुरा गर्नको लागि सोचबिचार पर्याएर नै भोट हाल्नु पर्ने हुन्छ ताकि सहिद भएका जेन जेड बालकहरुको वलीदानी खेर नजावस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *