काठमाडौं । मुर्झाएको काँग्रेसमा गगन थापा सभापति बनेपछि नयाँ पालुवा पलाएको टिका टिप्पणी भइरहँदा चुनावमा घण्टीभन्दा तलतिर पुगेको छ । हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा नेपाली काँग्रेसले प्रत्यक्षतर्फ जम्मा १८ सिटमा चित्त बुझाएको छ भने समानुपातिकमा १७ लाख ५ हजार मतमा सीमित छ । यसमा काँग्रेसभित्रबाटै जालझेल र अन्र्तघात भएको टिका टिप्पणी गर्न थालेका छन्, काँग्रेसीहरुले । सुरक्षा संयन्त्र, विश्लेषक र स्वयं काँग्रेसीहरुले यो निर्वाचनमा प्रत्यक्षतर्फ काँग्रेसले कम्तिमा ४० माथि सिट जित्ने आँकलन गरिरहेका थिए तर निर्वाचनकै मुखमा पार्टीका पूर्व सभापति देश छाडेर सिंगापुरतिर हिडे भने प्रकाशमान सिंह, पूर्णबहादुर खड्काहरुको साथ र समर्थन रहेन । यस्तै गगनलाई हराउन शेखर कोइराला नै लागेको अडियोले समेत बजार तताइरहेको छ ।
बदल्यौँ कांग्रेस, बदल्छौं देश भन्ने नारा दिएर कांग्रेसबाट प्रधानमन्त्रीको रूपमा चुनावमा होमिएका थापालाई हराउन शेखर कोइरालाले कार्यकर्ता परिचालन गरेको अडियोले अहिले बजार गर्माएको छ । काठमाडौं क्षेत्र नम्बर चार छाडेर गगन थापा सर्लाहीको क्षेत्र नम्बर चारमा झरे । जहाँबाट गगनको १८ बर्षे संसदीय यात्रालाई ब्रेक लगाइदिए अमरेस कुमार सिंहले । सिंहले त्यहाँबाट ३५ हजार ६८८ मत ल्याउँदा गगन थापा २२ हजार ८ सय ३१ मतमा खुम्चन पुगेका छन् । यसरी गगनको पराजयको पछाडि शेखर कोइरालाको ठूलो भूमिका रहेको टिका टिप्पणी हुँदैछ कारण चुनावकै मुखमा बाहिरिएको एउटा अडियो । गगनले नै मोरङ क्षेत्र नम्बर ६ मा प्रतिनिधिसभाका टिकट दिएका शेखर कोइरालाले सभापति थापालाई हराउनका लागि कांग्रेस कार्यकर्ता परिचालन गरेको तथ्य बाहिरिएको हो । कांग्रेस सभापति थापालाई हराएर सर्लाही–४ का रास्वपा उम्मेदवार अमरेश कुमार सिंहलाई विजयी गराउनका लागि कोइरालाले आफ्ना स्वकीय सचिव दिनेशचन्द्र थपलियामार्फत भूमिका खेलेको अडियोबाट खुलेको छ ।
थापालाई हराउन कोइरालाले धनुषा ढल्केबरका सिंह थरका एक कांग्रेस कार्यकर्तालाई सर्लाही ४मा खटाएको अडियोबाट खुल्छ । सर्लाहीका एक कांग्रेस कार्यकर्ताका अनुसार शेखरले गगनलाई हराउनका लागि पूर्व प्रदेश सांसद उपेन्द्र कुशहवालाई मिलाउन सकिन्छ भन्ने भ्रममा मान्छे खटाएको देखिन्छ । तर लामो समय कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा निकट रहेका उपेन्द्र पछिल्लो समय कांग्रेस सभापति थापासँग निकट रहेको मात्र नभई उनको चुनाव नै हाँकिरहेका छन् । यो चाल नपाएका कोइरालाका स्वकीय सचिव थपलियाले कुशुहवालाई अमरेशको पक्षमा ल्याएर गगनलाई हराउन परिचालन गर्ने रणनीति बनाएको अडियोमा सुनिन्छ । सिंह थरका ती व्यक्ति सर्लाही ४ को धनकौलमा आएर अस्वाभाविक गतिविधि गरेको भेटिएपछि कांग्रेसका स्थानीय कार्यकर्ताले उनलाई नियन्त्रणमा लिएका थिए । ०६९ चैतमा बनेको प्रधानन्यायाधीश खिलराज रेग्मीको सरकारदेखि २०८२ भदौमा बनेको पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको सरकारसम्म डा. सिंहको उत्तिकै पहुँचमा राख्ने व्यक्तिको रुपमा चिनिन्छ ।
कुनै समय गोरखापत्रको वोर्ड सदस्य खान गएका उनै अमरेशले पूरै शक्ति लगाएर सभापति गगनलाई माटोमा मिलाए । रास्वपाको सरकारमा शक्तिशाली मन्त्रालय पाए अनोठौं नमाने हुन्छ भन्छन्, जानकारहरु । सर्लाहीमा भएको काँग्रेसीभित्रको घात र प्रतिघातको यो त सानो घटनाक्रम मात्र हो हरेक जिल्ला जिल्लामा यसैगरी काँग्रेसको एउटा खेमाले अर्काे खेमालाई असहयोग गरेका कारण काँग्रेसले धेरै जिल्लामा अन्तरघात भोग्नु परेको र त्यसैको शिकार निर्वाचनमा लज्जाजनक पराजय भोग्नुपरेको काँग्रेसीहरुको टिप्पणी छ । उसो त २०७० सालको संविधानसभाको चुनाव यताका निर्वाचनमा लगातार विजयी भइरहेका अमरेशका गतिविधिलाई लिएर अनेकन प्रश्नहरु उठ्ने गरेका छन् ।
काँग्रेसले २५ सिट पनि ल्याउदैन । रास्वपाले १६५ सिट जित्छ भन्ने उनको दावी सही सत्य भएका छन् भने हिजो सक्छौं भने सिंहदरबार, संसद भवन, अदालतमा आगो लगाएर देखाउ भन्ने अमरेशले जहाँ र जुन जसन निकायमा भन्यो त्यही सरकारी निकायमा आगो लगाएर खरानी बनाइएको छ । यस्का अलवा भारतीय राजदूतवासका विश्वास पात्रका रुपमा समेत चिनिन्छन् अमरेश कतिसम्म भने पूर्व राजदूत रञ्जित रे र जयन्त प्रसाद उनको घर सर्लाहीमै पुगेर सुतेका समेत जानकारहरु बताउँछन् ।
०००

