अब बन्ने सरकारले स्वास्थ्य र शिक्षा निःशुल्क गर्ला ?

राजनीति समाचार

काठमाडौं । देशमा राजनीतिक दलहरुले स्वास्थ्य र शिक्षाबारेमा ध्यान नदिँदा आज दलहरुको यो हविगत हुन पुगेको छ । कतिपय सर्वसधारणले स्वास्थ्य विमा गरेतापनि उपचार नपाएको गुनासो चलिरहेको थियो भने निजि बोर्डिङ स्कुल कलेजहरुले महङ्गो शुल्क असुलिरहेको गुनासा पनि त्यत्तिकै थिए । महङ्गो शिक्षा र स्वास्थ्यमा सर्वसाधारणहरु पिल्सिरहेका थिए । राजनीतिक दलहरुले स्वास्थ्य र शिक्षामा ध्यान नदिँदा दलहरुको आज यो हविगत हुन पुगेको छ ।

गत फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा रास्वपाले झण्डै दुई तिहाई हाराहारी बहुमत पाएतापनि स्वास्थ्य र शिक्षामा कस्तो नीति ल्याएर लागू गर्छ त्यो हेर्न बाँकी छ । स्वास्थ्य र शिक्षाकै कारण सर्वसाधारण मारमा थिए भने नेपालमा उद्योगधन्दा सञ्चालन नभएकै कारण आम नागरिकहरु विदेशीन बाध्य भएका थिए । नेपालमा उद्योगधन्दा सञ्चालन गर्नेहरुले पनि सर्वसाधारणलाई गुमराहमा पार्ने महङ्गी बढाउने, राजश्व छल्ने हुदैँ आएको थियो । त्यसको मारमा सर्वसाधारण जनता पर्दै आएका थिए । यो समस्यालाई राजनीतिक दलहरुले ध्यान नदिँदा दलहरुको यो हार हुन पुगेको छ ।

अब बन्न्ने रास्वपाको सरकारले कसरी यस्ता विषयमा ध्यान दिन्छ त्यो पनि प्रतिक्षाको विषय बनेको छ । बजारमा महङ्गी बढेको छ, व्यापारीहरुले खाद्यान्नदेखि अन्य सामानहरुमा मुल्यवृद्धि गरेका छन् । त्यसको अनुगमन भएको छैन । अखाद्य वस्तु मिसावट गरी विक्रि वितरण भइरहेको छ । त्यसको पनि अनुगमन हुन सकेको छैन । यस्ता विषयमा रास्वपाबाट बन्ने मन्त्रीहरुले कसरी ध्यान दिन्छन् त्यो पनि निश्चित भइसकेको छैन । खासगरी अहिले नेपाली जनताहरु शिक्षा र स्वास्थ्यमा पिल्सिएका छन् त्यो सँगै उच्च शिक्षा हासिल गर्नको लागि लाखौ धनराशी खर्च भइरहेको छ ।

लाखौ धनराशी खर्च भएतापनि उच्च शिक्षा हासिल गरेतापनि नेपालमा रोजगारी नभएकै कारण आज जनमत रास्वपाको पक्षमा गएको छ । रास्वपाले पनि पुरानै दलहरुको सिको सिकेर स्वास्थ्य, शिक्षा र खाद्यान्नमा ध्यान नदिएको खण्डमा रास्वपाको पार्टी पनि पुरानै दलहरुको जस्तो नहोला भन्न सकिदैन । त्यसले गर्दा रास्वपाले निमुखा गरिब र भूमिहिन सुकुम्बासीहरुको व्यवस्थापन गर्नुपर्ने हुन्छ । त्यसको व्यवस्थापन रास्वपाले कसरी गर्छ ? त्यो पनि प्रतिक्षाको विषय बनेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *