यी नेताले विचार गरुन्

राजनीति समाचार

काठमाडौं । ‘क’ वर्गका यी नेता पराजित भएका छन् । चुनाव आउनै नहुने यिनलाई जहाँ पनि प्रतिस्पर्धा गर्नै पर्ने । जनताको हितमा कति काम गरेको छु, त्यो ज्ञान नहुने अघोरीपन देखाएर निरन्तर ३ पटकसम्म चुनाव हारेका नेताहरुले विचार गरे हुन्छ । राप्रपाका रविन्द्र मिश्र, कमल थापा, कुन्ती पोख्रेल यो कोटीका पहिलो पंतिका हुन् भने नेकपाका नारायणकाजी श्रेष्ठ दोस्रो कोटीका हुन् । एमालेका डा. राजन भट्टराई, शंकर पोख्ररेल, ईश्वर पोख्रेसल, नेकपाका सोमप्रसाद पाण्डे पनि यही रफ्तारमा छन् भने एमाले अध्यक्ष केपी ओलीका विस्वासी पार्टी सचिव महेश बस्नेतले समेतले अब ख्याल गर्नुपर्ने भएको छ ।

मधेसका राजेन्द्र महतो, उपेन्द्र यादव प्रभु साहहरुलाई यसपटक मुलुकमा चुनावी माहोल चर्को भयो । रास्वपाले देशमा लुडो लगायो । प्रतक्षतर्फ १६५ सिटमा प्रतिस्पर्धा गर्दा रास्वपालाई एकल बहुमत ल्याउने गरी जनताले पत्याउनु भनेको कांग्रेस र एमालेका भेलीतिरेका ६÷७ लाख क्रियाशील कार्यकर्ताको समूहगत उपस्थितिको अर्थ रहेन । एमालेले आफ्नो बिरासत यसरी गुम्ला भन्ने सोचेको पनि थिएन । टिकट वितरणमा कार्यकर्ता र नेताको मूल्याङ्कन नभएको एमालेमा हो । जो जो नेता निरन्तर पराजित हुन्छन् तीनले भोलिको राजनीतिलाई गौण ठान्नु हुन्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *