काठमाडौं । गत फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रियता जोगाउने र भत्काउनेबीच प्रतिस्पर्धा हुँदा देश जलाउनेहरुको विजय भएको छ । राष्ट्रियता जोगाउन खोज्नेहरु सबैजसो पराजित भएका छन् । यो निर्वाचन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने वरिपरि केन्द्रित भएको देखिन्छ । किन कि दोहोरो नागरिक, पासपोर्ट, सम्पत्ति सुद्धिकरण र सहकारी ठगीको आरोप रास्वपा सभापति लामिछानेले खेपिरहेका थिए । त्यो आरोपबाट आफूमुक्त हुनको लागि लामिछानेले जेलमै बसेर षड्यन्त्र बुनिरहेका थिए । उनकै डिजाइनमा गत भदौ २३ र २४ गते जेनजी आन्दोलन भएको थियो ।
सो आन्दोलन उत्कर्षमा पुगेपछि लामिछाने आफै जेल तोडेर बाहिर आउन सफल भएका थिए । तर, रविले अन्य कैदीबन्दीको सुरक्षाको लागि गृहमन्त्रालयको आदेशमा आफू बाहिर निस्किएको भनेर नक्कली पत्र देखाई जनतालाई झुकाउने काम गरेका थिए । त्यसको भुलभुलैयामा परेर नेपाली जनताले उनै रवि नेतृत्वको रास्वपालाई दुई तिहाई बहुमतसहित विजयी बनाएका छन् । किन कि रविले जेलबाट निस्किनको लागि करिव ३ करोड हाराहारी रकम सहकारी ठगीबापत धरौटी नै बुझाएका छन् ।
सहकारी ठगीपछि सम्पत्ति सुद्धिकरणको मुद्दा अझै विचाराधिन अवस्थामा छ । सर्वसाधारण जनतासँगै काठमाडौंका तत्कालीन मेयर बालेन्द्र साह (बालेन)लाई पनि रविले आफ्नो जालमा पारेका छन् । बालेनको पक्षमा जनमत देखेपछि रविले उनलाई पार्टीको वरिष्ठ नेतासहित प्रधानमन्त्रीको उम्मेदवार बनाउने लोभ देखाएर आफ्नो जालमा पारेका थिए । आज तिनै बालेन पार्टीको वरिष्ठ नेतासहित झापा ५ बाट निर्वाचित भएर प्रधानमन्त्रीको दावेदार बनिरहेका छन् ।
बनेका काठमाडौंका तत्कालीन मेयर बालेन साहले पनि जेनजीहरुलाई आन्दोलन गर्न उक्साएर हिंहदरबार र सर्वोच्च अदालतसमेत ध्वस्त बनाउन लगाएका थिए । त्यसैको आडमा आज बालेन दशैभर हाइहाइ भएका छन् । बालेनले मेयर बन्नु अगाडि काठमाडौंको फोहोरलाई मोहर बनाउने नारा लगाएर जनमत बटुलेका थिए । मेयरमा निर्वाचित भएपछि काठमाडौंको फोहोर पहिलाको जस्तै ओखरपौवाको बन्चरे डाँडामा लगेर फाली त्यहाँका जनताको स्वास्थ्यमाथि खेलवाड गरिरहेका थिए । बालेनले काठमाडौंको फोहोरलाई कुहिने र नकुहिने दुई भागमा विभाजन गरी कुहिने फोहोरबाट मल उत्पादन गरी किसानलाई विक्रीवितरण गरी मोहोरमा रुपान्तरण गर्ने भनेका थिए ।
उनको त्यो भनाइ आज कागजमै सीमित राखेर ढेडवर्षको कार्यकाल छँदै देशको प्रधानमन्त्री बनेर नेपाललाई सिंगापुर बनाउने सपना बाडिँरहेका छन् । अब बालेन प्रधानमन्त्री भएपछि नेपाललाई सिंगापुर बनाउँछन् कि काठमाडौंको फोहोरलाई ‘मोहोर’ बनाउने नारा जस्तै यथावत राख्छन् त्यो भविष्यले बताउला । उता, रास्वपाका सभापति रवि भने आफ्ना कालाकर्तुत जनमतको आडमा समाप्त गरेर चोखिन खोजिरहेका छन् ।

