धनबहादुरले जोगाए माधवको अस्तित्व

राजनीति समाचार

काठमाण्डौं । यसपटकको चुनावमा ठूला नेताले भन्दा ओझेलमा परेका गणनामा नपरेका नेताले पार्टीको अस्तित्व जोगाए । कांग्रेस, एमाले नेकपा जस्ता स्थापित दलहरुका शीर्ष नेताहरु लगभग पराजित भएका छन् । जनताले ठूला नेताको पराजयलाई स्वभाविक ठान्दा घण्टी पार्टीको पक्षमा आएकाको जनलहर विद्रोहको रुपमा लिएको छ ।

पार्टीको अस्तित्व कसले बचायो ? नेतृत्व कुन सफल भयो ? भन्नु भन्दा पनि एमाले र कांग्रेसमा गुटभन्दा फरक समूहहरु थिए । तर चुनावको लहर कब्जा गर्ने विचार मिल्ने कार्यक्रम र योजना मिल्ने समूह बीचको एकता गरेर नेकपा बनाएका प्रचण्ड र माधवको टिमभित्र रहेका उम्मेदवारहरु मध्ये नेकपाको नौं सासदमा धन बाहर बुढाको चर्चा छ । नेकपा एकिकृतको टीममित्र माधव नेपाल, भिम रावल, सोम प्रसाद पाण्डे प्रेम आले, राजन्द्र पाण्डे र वसन्त मानन्धर जस्ता नेता थिए ।

यही टीमका धनबहादर वुढाले मात्र जित हासिल गरेर माधव नेपाल पक्षको अस्थित्व जोगाएका छन् । नेकपाबाट प्रचण्ड, बर्षमान, महेन्द शाही, युवराज दुलाल, रमेश मल्ल, मात्रिका यादव र गोपाल शर्माले चुनाव जित्दा ती सबै पूर्वमाओवादी थिए । विचार मिल्नेको एकतामा आएका धन बहादुर बुढाले डोल्पा जस्तो दुर्गम ठाउँबाट चुनाव जितेर एमालेबाट चोइटिएको नेकपा पुरानो एकीकृत समाजवादीको इज्जत धानेका छन् । माधव नेपालसँग प्रेम आले रिसाएर तर्केका थिए ।

किसान श्रेष्ठ एमाले प्रवेश गरेर बारा २ बाट चुनावी प्रतिस्पर्धा गरेका थिए । उनी पनि त्यहि समाप्त भए । नेकपाका कालको रौनकले राजनीतिमा रमाएका श्रेष्ठ सुरुमा तनहुँ १ रामचन्द्र पौडेललाई पराजित गर्ने नेता हुन् । एमाले चोेइटिदाँ नेकपा एस भएका नेतामध्ये श्रेष्ठ, आले र बुढाकै लगानीमा पार्टी चल्यो । २०७९ सालमा माओवादीको भागमा १० सांसद निर्वाचित हुँदा श्रेष्ठ बारा, आले डोल्पा र बुढा डोटीबाट चुनिएका थिए । माधव रौतहट, राजेन्द्र धादिङ अमिर थापा दैलेख, भानुभक्त जोशी बझाङ, प्रकाश ज्याला सल्यान, मेटमणी चौधरी दाङ गरी १० सांंसद रहेका थिए । यीनै मध्ये थापा जोशी, ज्वाला संसदको उम्मेदवार थिएनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *