नबिल बैंकद्वारा ग्लोबल मनी विकमा११ हजार विद्यार्थीलाई वित्तीय साक्षरता

अर्थ/वाणिज्य समाचार

काठमाडौं । नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत देशभरका ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान गरेको छ। बैंकका अनुसार मार्च १६ देखि २२ सम्म सञ्चालन गरिएको अभियानमार्फत सातै प्रदेशका ११ हजार ८७ विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान गरिएको हो।

नबिल बैंकले आफ्ना विभिन्न शाखा कार्यालयमार्फत देशका विभिन्न स्थानमा कार्यक्रम सञ्चालन गरेको थियो। अभियानअन्तर्गत कोशी प्रदेशका २ हजार ६४, मधेश प्रदेशका १ हजार ३८१, बागमती प्रदेशका २ हजार ६०८, गण्डकी प्रदेशका १ हजार २७८, लुम्बिनी प्रदेशका १ हजार ३३८, कर्णाली प्रदेशका १ हजार ५०४ र सुदूरपश्चिम प्रदेशका ९१४ विद्यार्थी लाभान्वित भएका छन्।

प्रत्येक वर्ष विश्वभर मनाइने ‘ग्लोबल मनी विक’ यस वर्ष ‘स्मार्ट मनी टक्स’ नारासहित सञ्चालन गरिएको थियो। यस अभियानअन्तर्गत बैंकले बचत, लगानी, डिजिटल बैंकिङ तथा वित्तीय ठगीसम्बन्धी विषयमा विद्यार्थी र युवालाई अभिमुखीकरण गराएको जनाएको छ।
बैंकले वित्तीय साक्षरता अभियानलाई अझ विस्तार गर्ने उद्देश्यले यससम्बन्धी सामग्री उत्पादन, प्रकाशन तथा प्रसारण गर्दै आएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *