सेतो हात्ति बन्दै गौतम बुद्ध विमानस्थल

अर्थ/वाणिज्य राजनीति समाचार

काठमाडौं । गत जेठ दुई गते प्रधानमन्त्री शेरबहादुर देउवाले विस्तार भएको भैरहवा विनास्थलको उद्घाटन गर्दै उक्त विमानस्थलको नाम गौतम बुद्ध विनास्थल राख्ने र यो विमानस्थलको स्तर अन्तर्राष्ट्रिय तहको घोषणा गरेका छन् ।

भैरहवा विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरमा रुपान्तरण गर्दा लुम्बिनीलाई केन्द्र बनाएर नेपालमा मुख्य रुपमा श्रीलंका, दक्षिण कोरिया, भियतनाम, लाओसलगायतका मुलुकबाट बौद्ध धर्मावलीहरु ओइरिने विश्लेषण गरिएको थियो । सोही विश्लेष्णको आधारमा सरकारले मोटो रकम खर्च गरेर भैरहवा विमानस्थलको स्तर अन्तर्राष्ट्रिय हुनेगरी निर्माण सम्पन्न गरेको छ ।

तर, यो विमानस्थलको स्तरोन्नति गरेर अन्तर्राष्ट्रिय बनाएको घोषणा गर्दै प्रधानमन्त्री देउवाबाट उद्घाटन गरेको महिनादिन पुग्दा कुनै बौद्धमार्गीको बाहुल्यता रहेको मुलुकबाट लुम्बिनीलाई केन्द्रमा राखेर गौतम बुद्ध विमानस्थलमा कुनै पनि अन्तर्राष्ट्रि बायुसेवा कम्पनीहरुले उडान अगाडि बढाएका छैननु ।

उद्घाटनसँगै जजिरा अन्तर्राष्ट्रिय विमान सेवाले मात्रै गौमबुद्ध विमानस्थलमा हवाइ सेवा लिइराखेको छ । अलजजिराले यो सेवा बौद्धधर्मावलम्बीलाई लक्षित गरेर होइन अरबमा काम गर्न जाने नेपाली श्रमिकलाई लक्षित गरेर भैरहवा दुवै उडान सुरु गरेको हो ।

आर्थिक क्षेत्रका जानकारका अनुसार कुनै पनि अन्तर्राष्ट्रिय विमानस्थलले आफ्नो लगानी र सञ्चालन खर्च धान्नका लागि हरेक पाँच मिनेटमा एउटा विमान उडान र अवतरण गर्नुपछृ । तर, गत जेठ ४ गतेबाट सञ्चालनमा गौमबुद्ध विमानस्थलमा साताको दुईपटक मात्र उडान गरिराखेको छ ।

भारतले भैरहवासँग जोडिएको हवाई मार्गलाई इजाजत नदिएको र भैरहवालाई गन्तव्य बनाउन सिमराको हवाई मार्गबाट प्रवेश र बाहिराखनु अवस्थाको कारण खर्च र समयको कारण गौतम बुद्ध विमानस्थलबाट सेवा दिन अन्तर्राष्ट्रिय हवाइ कम्पनीहरु निश्चित नरहेको बताइन्छ ।

र, स्थितिमा सुधार भएन भने नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको गौरब प्रताप्त गौतम बुद्ध विमानस्थल नेपालका सेतो हात्ति बन्न सक्ने खतरा देखिन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *