२० अर्ब सडकको ठेक्कामा पाण्डे र अधिकारीको कड्के नजर

राजनीति समाचार

काठमाडौं । व्यापारी तथा ठेकेदारहरुले आफ्ना एसम्यान कर्मचारीहरुलाई कसरी ठाउँ ठाउँमा फिट गर्दछन् भन्ने एउटा उदाहरण सार्वजनिक गरेर शहरी विकास मन्त्रालयबाट बिदा भएका मन्त्री कुमार इङ्गनामले प्राविधिकका कर्मचारीलाई व्यापारीको एस म्यान बनाएर राज्यकोषलाई तन्नम बनाइ आफू मालामाल भएका थिए । शहरी सचिव गोपाल सिग्देल र भवन विभागको महानिर्देशक रविन्द्र बोहरा पात्र मात्र हुन् । भौतिकमा समेत यस्तै व्यापारीका एस म्यान प्रशासकहरु छन्, जो जहाँ जहाँ व्यापारी तथा क बर्गको ठेक्का लागेको छ, त्यही आयोजनाको प्रमुख बन्छन् र व्यापारी पोस्ने काम गर्दै आएका छन् । तिनैमध्येकी एक हुन इन्जिनियर कल्पना अधिकारी ।

अधिकारी निजामती सेवा ऐन विपरित चार वर्षभन्दा बढी कालीगण्डकी कोरिडोर सडक आयोजनामा बसेर अकुत कमाएको चर्चा भौतिक मन्त्रालयमा चल्ने गरेको छ । निजामती किताबखानाको विवरण अनुसार, ०६८ सालमा निजामती सेवा प्रवेश गरेकी अधिकारी २०७९ फागुनमा उपसचिवमा बढुवा भएपछि उनी कालिगण्डकी कोरिडोर सडक आयोजना प्रमुखको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् । अधिकारी विक्रम पाण्डेकै ठेक्का रहेको आयोजनाको हर्ताकर्ता बनेर जान जोडबल गरिरहेकी छिन् ।
यस अघि कालीगण्डकी कोरिडोर आयोजनाले पाल्पाको पीपलडाँडादेखि पूर्वी नवलपरासीको गैँडाकोटसम्मको करिब ४३५ किलोमिटर लम्बाइको सडक निर्माण गर्ने जिम्मेवारी पाएकोमा सो सडक अलपत्र अवस्थामा छ ।

सो आयोजनाका अधिकांश ठेक्का विवादित ठेकेदार विक्रम पाण्डेले पाउदै आएका थिए । पाण्डेले करिब ५ अर्ब रुपैयाँ बराबरको ठेक्का हात पारेका थिए । ठेक्काबाट वैधानिक ३ प्रतिशत जोड्दा १५ करोड रकम कमिसन हात लाग्ने देखिन्छ । ठूलो बजेट र ठेक्का हुने आयोजनाको जिम्मेवारी अधिकारीलाई वर्षौंदेखि दिइनुमा ठेकेदार, सचिव र कर्मचारीबीचको मिलेमोतोमा सेटिङ हुने गरेको थियो । सो ठेक्का आफू निकटका कर्मचारीलाई कार्यालय प्रमुख बनाएर लगिन्छ । ठेक्काको भेरियसन बढाएर राज्यकोष पैसा हजम हुने काम हुँदै आएको छ । उनै पाण्डेले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागकी सिनियर डिभिजन इन्जिनियर (सिडिइ) कल्पना अधिकारीलाई काँकडभिट्टा–लौकही पूर्वी खण्डमा लैजान जोडबल गरिरहेको मन्त्रालय स्रोतले जनाएको छ ।

करिब ४५ किलोमिटर सडक निर्माणको काम कालिका कन्स्ट्रक्सन र चिनियाँ कम्पनीसँगको संयुक्त उपक्रम (जेभी) मार्फत अघि बढिरहेको बताइन्छ । सो ठेक्कामा करिब १० अर्ब रुपैयाँ बराबरको सडक र करिब ६ अर्ब ५० करोड रुपैयाँ बराबरका पुल निर्माणको ठेक्का अगाडी बढिरहेको छ । सो पुल र सडकको लागि झन्डै २० अर्ब ठेक्का पार्नमा विक्रम पाण्डेले अधिकारीसँग लबिङ गरिरहेको चर्चा छ । मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा खण्डमा करिब ४ अर्ब रुपैयाँ बराबरको ठेक्का लागेपछि अधिकारीले चासो देखाएको र त्यहाँ कार्यरत सिडिइलाई चैत महिनामै हटाएर उनी पुगेको मन्त्रालयका कर्मचारीहरुले बताएका छन् ।

अझैं रोचक त मन्त्रालय अन्तर्गतको बहुचर्चित काकरभिट्टा–लौकेही सडक योजनामा कार्यरत सिनियर डिभिजनल इन्जिनियर (सीडीई) सुनिलबाबु पन्त रहेको भेटिएको छ । पन्त सरकारी सेवामा प्रवेश गर्नु अगाडी विक्रम पाण्डेको कम्पनीमा कार्यरत थिए । करिब ४५ किलोमिटर सडक आयोजनाअन्तर्गतमा १० अर्बको सडक निर्माण सहित साढे ६ अर्ब पुलको ठेक्का पनि कालिका कन्ट्रक्सनले पाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *