काठमाडौं । पुरानालाई जिल्याएर नयाँ लहर सिर्जना गरेर आएका रास्वपाका युवा सांसदको भनाइ र गराइमा कस्तो तादम्यता देन्छि त्यो समयले बताउँछ । तर, बैंक, लघुवित्त र सहकारीको रकममाथि खेलवाड गर्ने मारवाडी समुदाय भने आतंकित बनेको छ । विकृति विरुद्धका अभियान्ता दूर्गा प्रसाईंले मारवारी समुदायको अधिनमा रहेका बैंकहरुले कर्जा लगानी गरेका अधिकांश धितो कब्जा गरेर सयौं ऋणीलाई सुकुम्वासी बनाएका छन् ।
सुधिर बस्नेतको धापासी हाइटको आवस क्षेत्रले पूर्णता नपाउँदै एनआईसी एसिया बैंकले कब्जा गरेको ज्वलन्त उदाहरण छ । त्यो आवास क्षेत्रमा बैंकको मात्र लगानी थिएन । बस्नेतको कब्जामा रहेको सहकारी पनि थियो । बैंक तथा वित्तीय क्षेत्र देखाएर सुन तस्करी, सुपारी, छोकडा, काजु, मरिचजस्ता मसलाजन्य वस्तुको आयात तथा पैठारी गर्ने समूह नै मारवाडी वर्ग हो । यो वर्गले नेपाल प्रहरी र सशस्त्र प्रहरीको च्यानल बनाएर सीमामा तस्करी गर्दै आएको छ ।
कांग्रेस, एमाले र आमाओवादीलाई प्रयोग गरेर आफ्नो धन्दा चलाएको त्यो समूहको प्रधानमन्त्री, पार्टी सभापति वा अध्यक्षसँग सम्बनध हुनुले चलेको धन्दा अब टिक्छ टिक्दैन शंकाको विषय बनेको छ । खराब चरित्र भएका सभापति भएको पार्टीमा बालेन शाह, डा. स्वर्णिम वाग्ले, डोलप्रसाद अर्यालजस्ता अनुभवी नेता पनि छन् । यिनको नेतृत्वले जनताको अपेक्ष पुरा गर्ने कुरामा एमालेका हरुवा सूर्य थापाहरुलाई थाहा छैन । थापा भन्दै थिए, ‘एक सय दिनपछि बालेन सरकार भाटाले हानेको देख्न पाइन्छ ।’

