प्रधामन्त्री शाहसँग जनता सशंकित

राजनीति समाचार

काठमाडौं । रास्वपाबाट प्रधानमन्त्री बनेका बालेन्द्र शाह (बालेन)ले आफू पदबहाल भएको १५ दिनमा पहिलो संसद अधिवेशन नबोलेरै अन्त्य गरेका छन् । संसदको पहिलो अधिवेशन ९ दिनमा सम्पन्न भएको थियो । ९ दिनसम्म चलेको संसदको बैठकले नयाँ सभामुख र उपसभामुख चयन गर्नेभन्दा अन्य नयाँ कार्ययोजना बनाएर सर्वसाधारणमाझ सार्वजनिक गर्न सकेन ।

संसदको पहिलो अधिवेशनलाई प्रधानमन्त्री शाहले सम्वोधन पनि गर्नुभएन । राष्ट्रपति रामचन्द्र पौडेल उपस्थित हुँदा प्रधान शाहले मर्यादाको ख्यालसमेत गरेको देखिएन । राष्ट्रपति उपस्थित हुने औपचारिक कार्यक्रममा प्रधानमन्त्री शाहले राष्ट्रिय पोशाक बिना उपस्थित भएको देखियो । प्रधानमन्त्रीले पदभार ग्रहण गर्दा राष्ट्रिय पोशकमा गर्नुपर्नेथियो त्यो पनि गर्नुभएन । तत्कालीन प्रधानमन्त्रीहरुले पदभार ग्रहण गर्दा राष्ट्रिय पोशाकमा सजिएर देश र जनताको नाममा सम्वोधन गर्ने चलन थियो । तर, बालेन प्रधानमन्त्री भएपछि देश र जनताको नाममा न त सम्वोधन गर्नुभयो न त राष्ट्रिय पोशकमै सजिनुभयो । तर, राष्ट्रपति पौडेलले देश र जनताको नाममा सम्बोधन गर्नुभयो भने प्रधानमन्त्री शाह चुपचाप बसेको देखिन्थ्यो ।

उता, नेपाली सेनाको हाउभाउ भने पहिलाको भन्दा फरक देखिन्थ्यो । एकातिर प्रधानमन्त्री शाह चुपचाप बस्नु अर्कोतिर सेनाको हाउभाउ हेर्दा प्रधानमन्त्रीभन्दा सेना हावी भएको सर्वसाधारणको आँकलन छ । जननिर्वाचित प्रधानले देश र जनताको नाममा सम्वोधन नगरेको यो पहिलो घटना हो । त्योसँगै प्रधानमन्त्रीले राष्ट्रिय पोशाकमा संसद छिर्नुपर्ने ठाउँमा अन्य पोशाकमा सजिएको दृश्य देख्दा सर्वसाधारणमा कौतुहलता छाएको थियो ।

कतिपय सर्वसाधारणले त साह नेपालका प्रधानमन्त्री नभई विदेशीको इसारामा चल्नुभएको त होइन भनेर चोक र गल्लीहरुमा एकआपसमा चर्चा गरिरहेको देखिन्थ्यो । उता, रक्षामन्त्रालय पनि प्रधानमन्त्री आफैले सम्हालेको कारणले केही नबोलिकन बस्नुभएको हो कि भन्ने भान पनि त्यत्तिकै छ ।

पेट्रोलियम पद्धार्थको अभावसँगै बजार महंगीले आक्रन्त भइरहेको बेलामा जननिर्वाचित प्रधानमन्त्रीले देश र जनताको नाममा सम्वोधन गरेर आशा जगाउनुपर्ने थियो त्यो नगर्दा सर्वसाधारणमा झन् त्रास छाएको छ । देशको अर्थतन्त्र कमजोर भएको र महंगी बढेको बेलामा प्रधानमन्त्रीले सम्वधान गरेर जनतामा आशा जगाउनुपर्नेमा त्यो गरिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *