काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सरकार बनेपछि देशमा भ्रष्टाचार, विकृति र विसंगति हटेर सुशासन कायम हुन्छ भन्ने सबैले आशा गरेका थिए । सर्वसाधारण जनताले पुराना दलहरुले भन्दा राम्रो सेवा, सुविधा पाउने अपेक्षा गरेका थिए । युवाहरुले स्वदेशमै रोजगारीको अवसर पाइने आशा गरेका थिए । गरिवीको रेखामुनि रहेका सर्वसाधारणले गाँस, बास र कपासको आशा गरेका थिए । तर, सरकारको क्रियाकलाप हेर्दा ठीक त्यसको उल्टो भएको छ । भ्रष्टाचार निर्मूल पार्ने नाममा दोषीलाई छुट्कारा दिने काम भएको छ । वैदेशिक रोजगार विभागमा ठगिनेहरुको लर्को त्यत्तिकै छ । विभागका कर्मचारीहरुले मन लाग्दी ढंगले सर्वसाधारणलाई दुःख दिइरहेका छन् । म्यानपावर सञ्चालकहरु आफ्नो काम फत्ते पार्नलाई तिनै कर्मचारीहरुलाई प्रयोग गर्दछन् । म्यानपावर सञ्चालकहरुले अवैध तरिकाले आर्जन गरेको सम्पत्तिको सम्बन्धित निकायले छानविन पनि गर्न सकेको छैन ।
चुनाव अगाडि रास्वपाले वैदेशिक रोजगारीमा जानै नपर्ने, विदेशमा भएका पनि स्वदेशमै आएर काम गर्न पाउने भन्दै भोट बटुल्ने काम गरेको थियो । तर, रास्वपाको सरकार बनेपछि पासपोर्ट घर–घरमा पु¥याएर सस्तो लोकप्रियता बटुल्ने काम गरेको छ । यदि वैदेशिक रोजगारीमै जानुनपर्ने हो भने किन पासपोर्ट बनाउनुप¥यो ? विदेश जाने लागेका युवाहरुलाई सरकारले रोक्नुपर्ने ठाउँमा झन् छिटोछरितो ढंगले पासपोर्ट बनाएर घर–घरमा पु¥याएर विदेश जान उकासिरहेको छ । रास्वपा सरकारको यस्तो कामले भनाइ र गराइमा फरक देखिएको छ । उता, म्यानपावर व्यवसायीहरुले फिरी भिसा, फिरी टिकटको नाममा चर्को शुल्क असुलिरहेका छन् । विभागका कर्मचारीहरुको मनपरी पहिलाजस्तै चलिरहेको छ ।
विभागकी निर्देशक विन्दा आचार्यको कमाउधन्दा छुट्टै छ । आचार्यले कर्मचारीलाई शाखा परिवर्तन गर्दा आम्दानी हुने शाखामा आफूनिकटका कर्मचारी खटाएकी छिन् भने आम्दानी नहुने शाखामा अन्यलाई खटाएको बताइन्छ । विभागका चल्तापूर्ता कर्मचारीहरु कहिले संस्थागत श्रम स्वीकृति शाखामा त कहिले अनुगमन शाखामा बस्ने गर्दछन् । ती ठाउँमा बस्न नपाए व्यक्तिगत
श्रम स्वीकृति शाखामा बसेर असुली धन्दा चलाउँछन् । त्यसैगरी विभागमा बसेर असुली धन्दा चलाउनेमा कम्प्युटर अप्रेटर साहजिया खातुन, रविन्द्र सिंह, नासु तेज शर्मा हरेका छन् । कम्प्युटर अप्रेटर खातुनले आफूले चिनेका म्यानपावर सञ्चालकको काम छिटोछिटो गरिदिन्छन् भने आफूले नचिनेका कम्पनीहरुको काममा ढिलासुस्ती गरी दुःख दिने गर्दछन् । तेज शर्मा र रविन्द्र सिंह कहिले व्यक्तिगत श्रम स्वीकृति, कहिले संस्थागत श्रम स्वीकृति शाखा त कहिले अनुगमन शाखामा बसेर कमाउधन्दा चलाइरहेका हुन्छन् । विभागमा यी शाखाहरु मालदारमा पर्दछन् । त्यसैगरी व्यक्तिगत श्रम स्वीकृति शाखामा नासु मानबहादुर बुढाको हालीमुहाली छुट्टै छ । बुढा पनि आम्दानी हुने आशा चहार्दै हिड्ने कर्मचारीमा पर्दछन् । तर, विभागभित्र यस्तो विकृति, विसंगति हुँदा पनि महानिर्देशक मिरा आचार्यले सुधारमा ध्यान दिएकी छैनन् ।
अर्कोतिर वैदेशिक रोजगार विभागको क्यान्टिनमा पनि खाजाको मूल्य बाहिरका रेष्टुरेन्टको भन्दा महंगो बनाइएको छ । अन्य सरकारी कार्यालयका क्यान्टिनहरु टेन्डर प्रतिस्पर्धामा राखिन्छ भने विभागको क्यान्टिन भनसुन र सोर्सफोर्समा कमिसनको आधार राखिएको बताइन्छ । त्यो क्यान्टिनमा खाजा र खाना खाँदा कर्मचारीहरुले पैसा तिर्नुपर्दैन । म्यानपावर व्यवसायी र वैदेशिक रोजगारमा जानेहरुले विभागका कर्मचारीको पैसा तिरिदिने गर्दछन् । त्योसँगै ठगी केशमा थुनामा परेकालाई भेट्न आउने आगन्तुकहरुले पनि विभागकै क्यान्टिनमा खाना, खाजा खाने र थुनुवाहरुलाई त्यहाँबाट खाना पठाउने गर्दछन् । कर्मचारीले पैसा तिरेर खानु नपरेकै कारण विभागको क्यान्टिन अन्यको तुलनामा महंगो रहेको बताइन्छ ।

