काठमाडौं । सशस्त्र प्रहरी र गुप्तचरमा कर्णाली प्रदेशका हस्तीले नेतृत्व गर्दैछन् । गुप्तचरमा असोजदेखि सूर्खेतका टेकेन्द्र कार्की प्रमुख छन् । अर्धसैनिक बल सशस्त्रमा भने वैशाख १८ गतेबाट नारायणदत्त पौडेल आईजीपी बन्दै छन् । त्यो संगठनमा आइजीपी बन्न पौडेल भन्दा ९ महिनापछि रु ९ करोड खर्च गरेर एआईजी भएका वंशी दाहालको पनि थियो । पौडेल जेनजी आन्दोलनको छानविन प्रतिवेदनले नसियत पाएकाले दाहाल फूर्केका थिए । एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री थिए भने दाहालको दौडधूपको अर्थ हुन्थ्यो ।
संयोगवश कर्णालीका दैलेखबाट सुर्खेत झरेका नारायणदत्त पौडेल जुम्लाबाट सुर्खेत झरेका टेकेन्द्र कार्की कर्णाली प्रदेशका सुरक्षा खम्बा हुन् । कांग्रेसको साथमा गुप्तचर र सशस्त्र पुगेको छ । संस्थागत रुपमा फौजी कित्ता दलीय आवरणमा आउनु हुँदैन हिजो कांग्रेस र एमालेका भगिनी संगठनहरु बनाइएका सुरक्षा अंगका तीन निकाय आज विवादित छन् । यीनको परिचालन निष्पक्ष छैन । आज सत्ता र शक्ति फेरिएको छ । सुरक्षा फौजले ऐन कानुन अनुसार चल्न दिँदा संगठन चुस्त हुन्छ । तर, दलीय दबाबले फौजी टोली विवादमा पारिएको थियो ।
कामको जिम्मेवारीमा दुवै शक्तिको महत्व छ । सशस्त्रलाई सीमा सुरक्षा, उद्योग, भिआईपी, कुटनीतिक निकाय व्यवस्थापन सरक्षा जिम्मा छ भने गुप्तचर राष्ट्र, राष्ट्रियता र सार्वभौम अखण्डतातर्फ सचेत शक्ति हुनुपर्ने हो । राजनीतिक घटनाक्रम, सडक संघर्षका गोप्य सूचना संकलन र सुरक्षा निकायलाई सचेत गराउने गुप्तचरी रिपोर्टको महत्व रहन्छ । तर, भाद्र २३ को त्यो सम्भावित घटनाको पूर्व सूचना गुप्तचरले दिए तापनि तत्कालीन प्रधानमन्त्री केपी ओलीले सुन्ने धैर्यता गरेनन् र त्यसको परिणाम ध्वंसात्मक हुन पुग्यो ।

