बालेन सरकार दिनप्रतिदिन आलोचित बन्दै

राजनीति समाचार

रास्वपाको दुईतिहाई हाराहारी बहुमतको सरकार बनेको डेढमहिना पार गर्दा पनि नेपाली जनताले सुशासनको अनुभूति गर्न पाएका छैनन् । जनतालाई सुशासन दिलाउनुपर्नेमा उल्टै विभिन्न अध्यादेश ल्याएर आतंकित बनाउने काम सरकारले गर्न थालेको छ । एकातिर महंगीले सर्वसाधारणको उठिवास लाग्न थालेको छ भने अर्कोतिर सुकुम्वासी वस्ती भत्काएर सर्वसाधारण सुकुम्वासीलाई आतंकित पारेको छ । त्यसैगरी हप्तामा दुईदिन बिदा दिँदा जनस्वास्थ्यमा व्यापक असर परिरहेको छ । शुक्रवासर जचाउन नपाएका विरामीहरुले सोमवारसम्म कुर्नुपर्ने वात्यता छ । सरकारी अस्पतालमा दुईदिनसम्म बिदा भएपछि गम्भीर प्रकृतिका बिरामीहरु निजी अस्पतालमा धाउन वाध्य भएका छन् ।

उता, कर्मचारीहरुलाई भने हाइसन्चो भएको छ । कुनै समय हप्तामा तीनदिनसम्म लगातार बिदा हुँदा जनताका जल्दाबल्दा कामहरु ठप्पजस्तै भएका छन् । सरकारले ट्रेड युनियन खारेज गरेपछि निजामती कर्मचारीहरु पनि आन्दोलित भएका छन् । उता, पत्रपत्रिकाले पाउँदै आएको सन्देशमूलक सूचना कटौती गरेर निजी क्षेत्रबाट सञ्चालित स्वरोजगारमूलक पत्रकारहरु आन्दोलित भइरहेका छन् । नेपाल पत्रकार महासंघले पटक–पटक झकझक्याउँदा पनि सरकारले सुनेको नसुनेझै गरेर बसिरहेको छ ।

उता, सर्वोच्च अदालतको आदेशमा हिरासत मुक्त भएका प्रतिष्ठित व्यापारी शेखर गोल्छालाई फेरि पक्राउ गरिएको छ । त्यसैगरी बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालय छापा मारी कागजात नियन्त्रणमा लिएर आतंकित बनाएको छ । बालेन सरकारको यस्तै रवैयाले गर्दा सबै क्षेत्र आतंकित भएको छ । सरकारले हचुवाको भरमा जथाभावी हात हाल्दा आफै बद्नाम भएको छ । भ्रष्टाचारीहरुलाई नियन्त्रण गर्ने भन्दा पनि राजनीतिक प्रतिशोधका आधारमा जथाभावी धरपकड गर्दा दुई तिहाई हाराहारी बहुमतको सरकार दिनप्रतिदिन आलोचित बन्दै गएको छ ।

सरकारले देशमा सुशासन कायम गरी महंगी नियन्त्रण गर्ने, बजार अनुगमन गरी कालाबजारीयालाई कारबाही गर्नेभन्दा पनि राजनीतिक प्रतिशोधको आधारमा जताततै हात हाल्दा दिनप्रतिदिन बद्नाम हुँदै छ । उता शिक्षा क्षेत्रलाई तहसनहस बनाइएको छ । निजी विद्यालयहरुले भर्ना फि नलिनु भनिए तापनि उनीहरुले भर्ना फि लिइरहेका छन् । उता, हप्तामा दुईदिन लगातार बिदा दिँदा विद्यार्थीहरुको पठनपाठनमा समस्या परिरहेको छ ।

विद्यार्थीहरु एकदिन बिदा हुँदा त पढाइमा ध्यान नदिएर मोबाइलमा केन्द्रित हुने गर्दथे भने झन् हप्तामा लगातार दुई दिन नियमित बिदा, भइपरी आउने र चाडपर्व बिदानले गर्दा कहिलेकाही त हप्तामा तीनदिनसम्म लगातार बिदा हुँदा विद्यार्थीहरुको पठनपाठन थलालिङ हुनेको साथै पढाइमाभन्दा मोबाइलमा ध्यान दिएर अभिभावकलाई सताइरहेका छन् । त्यसले गर्दा विद्यार्थी विभिन्न कुलतमा फस्ने, जथाभावी हिड्ने र मोबाइलमा फ्रिफाएर खेल्ने कारणले समयमा खानासमेत खान छोडेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *