सर्वसाधारण महङगीको सास्ती खेप्दै, उपभोक्ता विभाग गुमनाम

राजनीति समाचार

काठमाडौं । जुन जोगी आएपनि कानै चिरेको भन्ने उखान चरित्र भएको छ । रास्वपाको सरकार बनेको छ । रास्वपाको सरकारले बजार अनुगमनलाई प्राथमिकता दिन सकेको छैन । सरकार भने सुकुम्बासी हटाउने नाममा व्यस्त रहेको छ । त्यसको मौका छोपी उद्योगी व्यवसायीहरुले अखाद्य वस्तु मिसाएर बजार पठाएका छन् । बजारमा अखाद्य वस्तु मिसाएको खाद्यान्न छ्यापछ्यापती छ । दाल, चामल, तेल, घिउँ, हर्लिक्स, चाउँचाउ, चिनि र जङफुड जस्ता खाद्यान्नमा अखाद्य वस्तु मिसाएको पाइन्छ ।

उदाहरण लिन सकिन्छ । दाल पकाउँदा १५÷१६ सिठि लगाउँदा पनि नपाक्ने उदाहरण एक उपभोक्ताले खाद्यान्न पसलमा गुनासो गरेको तामाकोशी प्रतिनिधिले प्रत्यक्ष सुनेको थियो । त्योसँगै अन्य वस्तुमा अखाद्य वस्त मिसाएको गुनासो गरेका थिए । त्यो गुनासो पसलेलाई गरेपछि हो र सर ? उसो भए फिर्ता ल्याइदिनुहोस्,। हामी पविर्तन गर्छौ, कहिले काही त्यस्तो पर्छ भन्ने उत्तर दिएका थिए । तर उद्योग वाणिज्य तथा आपूर्ति उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई प्राथमिकता दिन सकेको छैन ।

केहि साता अगाडी प्रधानमन्त्री बालेन साहको आदेशमा त्रिभुवन अन्तराष्ट्रिय विमान स्थल भित्रको पसलहरुको अनुगमन गरेर कारबाही गरेको थियो । अन्य पसल र उद्योगहरुमा अनुगमन गर्न सकेको छैन । विभागका महानिर्देशक रहेका छन् रोशन ज्ञवाली । ज्ञवालीले बजार अनुगमनलाई प्राथािमकता दिनुकोसट्टा उनी मन्त्रालयमा गएर दिन बिताउने र विदा बस्ने तर अनुगमनलाई ध्यान नदिने गर्दै आएका छन् । विभागभित्रै मनपरीतन्त्र चलेको छ । कतिपय कर्मचारी आफ्नो कार्यकक्षमा बसेको अवस्था पनि छैन । नत बजार अनुगमनमा जान्छन् नत कार्यकक्षमै बस्छन् । प्रशासन फार्टका उपसचिव विनोद प्रसाद उपाध्याले कर्मचारी प्रशासनलाई चलायमान बनाउन सकेका छैनन् ।

कर्मचारीलाई कसैलाई लाखा कसैलाई पाखा बनाउने काम गर्दै आएका छन् । खरिद प्रक्रियाको भुक्तानी पनि लामोसमयदेखि रोकिदिएका छन् । सामान सप्लायर्स कम्पनीहरुले भुक्तानी नपाएर हैरानी खेपिरहनु परेको गुनासो त्यत्तिकै छ । सरकारले सहसचिव बाहेक उपसचिव र नासुहरुलाई सरकारी गाडी नदिने भनेतापनि उपसचिव र शाखा अधिकृतहरुलाई घरमा लाने र ल्याउने काम गर्दै आएको छ । सरकारको नियमलाई पनि वाणिज्य तथा आपूर्ति संरक्षण विभागले धोति लगाइदिएको छ ।

कर्मचारीलाई यातयात सेवासुविधा दिइरहेको छ । वाणिज्य तथा आपूर्ति संरक्षण विभागले महिला कर्मचारीहरुलाई बजार अनुगमनमा पठाउने गरेको थिएन । तामाकोशी सन्देश साप्ताहिकले केहि महिना अगाडी महिला कर्मचारीलाई बजार अनुगमनमा नपठाएको सामाचार सार्वजनिक गरेपछि अहिले महिला कर्मचारीहरुलाई पनि बजार अनुगमनमा पठाउन थालिएको छ । त्यसैगरी फर्म शाखामा कार्यरत निर्देशक शान्ती मरासैनी रहेतापनि आफ्नो कार्यकक्षमा नबस्ने सेवाग्रँहीलाई दुःख दिने काम गर्दै आएको बताइन्छ ।

सेवाग्राहीले निर्देशकलाई घण्टौसम्म कुर्दैमा दिन बिताउने गरेको गुनासो त्यत्तिकै छ । उद्योग वाणिज्य महासंघले ६० औं साधारण सभा सम्पन्न गरेको छ । त्यसमा उद्योगी व्यवसायीहरु लागि परेका छन् । यता विचौलियाहरुले खाद्यान्न पसलहरुमा अखाद्य वस्तु मिसावट गरी विक्रिवितरण गरिरहँदा पनि वाणिज्य तथा आपूर्ति उपभोत्ता संरक्षण विभागले कुनै चासो देखाएको छैन । जनता महङ्गी र अखाद्य वस्तुको मारमा परिरहेका छन् । त्यस विषयमा नत मन्त्रीले ध्यान दिएकी छन् नत महानिर्देशक ज्ञवालीले ध्यान दिएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *