काठमाडौं । सरकारले ११० सार्वजनिक निकायका राजनीतिक नियुक्ति एकैचोटी खारेज गरेपछि करिव ७ हजारभन्दा बढीको रोजीरोटी खोसिएको छ । जागिर खोसिएसँगै उनीहरुको सम्पत्ति पनि छानविन हुने भएको छ ।
सम्पत्ति छानविनमा दोषी ठहरिएको खण्डमा विगो, जरिवनासहित जेल सजायसमेत हुने देखिन्छ । त्यसैगरी राजनीतिक दलहरुको आडमा सरकारी जग्गा हडप्ने व्यक्तिहरुलाई पनि छानविनको दायरामा ल्याई कारबाही गर्ने योजना रहेको बताइन्छ । त्यस्तै राजनीतिक नियुक्ति खाने व्यक्तिहरुको सम्पत्ति छानविन गरी अकुत ठहरिएको खण्डमा बिगो जरिवनासहित सजायको भागिदार हुने छन् । करिव ११० वटा सार्वजनिक संस्थामा सरकारले नियुक्ति गर्दा कुन विधिअन्तर्गत गर्ने हो त्यो पनि निश्चित छैन ।
यो सरकारले विगत साढेतीन दशकदेखि राजनीतिक नियुक्ति खाँदै आएका व्यक्तिहरुको सम्पत्ति छानविन गर्छ कि बहालवालाको मात्रै सम्पत्ति छानविन हुन्छ त्यो हेर्न बाँकी छ । किन कि बहालवालाको मात्रै सम्पत्ति छानविन गर्दा प्रतिशोधपूर्ण देखिन्छ । ं
अर्कोतर्फ सरकारले सुकुम्वासीको नाममा ऐलेनी जग्गा भोगचलन गर्दै आएका व्यक्तिहरुको घर, टहरा भत्काएर लाखौं सर्वसाधारणलाई बिचल्ली बनाएको छ । अझै पनि घर, टहरा भत्काउने क्रम जारी छ । सुकुम्वासीको नाममा हुकुमवासी खोज्दाखोज्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अधिकांश सांसदहरुले सरकारी जग्गा हडपेर झन् ठूला–ठूला महल ठड्याएको पाइएपछि रास्वपाभित्र विवाद सिर्जना भएको छ ।
‘तँ चोर भनेर एउटा औला तेस्र्याउँदा चारवटा औला आफूतिरै फर्किपछि रास्वपाका सांसदहरु झन् बढी सरकारी जग्गा हडप्ने र भूमाफिया सावित हुने सम्भावना बढेर गएको छ । सुकुम्वासीहरुलाई हुमुमवासीको संज्ञा दिएर सर्वसाधारणको दुःखमाथि रमाइलो गर्ने रास्वपा कार्यकर्ताहरु आफ्नै सांसद र नेताहरुले त्योभन्दा बढी सरकारी जग्गा हडपेको देखेपछि हच्किन थालेका छन् ।
त्यसमा कैलालीबाट निर्वाचित रास्वपा सांसद् क्षेत्र प्रसाद (केपी) खनालले सरकारी जग्गामा चार तले घर बनाएको भेटिएको छ । त्यस्तै काठमाडौंको संखमुलस्थित सुकुम्वासी टोलमा सिन्धुपाल्चोकबाट निर्वाचित रास्वपा सांसद भरत पराजुलीको आलिसान महल भेटिएको छ । उक्त घरमा विद्युत कम्पनीको अफिस रहेको छ । उक्त विद्युत कम्पनीमा पनि पराजुलीको सेयर रहेको बताइएको छ ।
सुकुम्वासीहरुको घर, टहरामा डोर लगाउँदै आउने क्रममा रास्वपा सांसद पुराजुलीको घर भेटिएपछि महानगरको डोजर रोकिएको थियो । त्यसैगरी रास्वपाका अर्का सांसद प्रशान्त उप्रेतीले पनि सरकारी जग्गा हडपेर घर बनाएको पाइएको छ । सर्वसाधारण सुकुम्वासीको घर, टहरा भत्किइरहँदा रास्वपा सांसदहरुले सरकारी जग्गा हडपेर बनाएका घर भत्किन्छ कि भत्किँदैन ? भन्ने प्रश्न आमसर्वसाधारणले उठाउन थालेका छन् ।

