काठमाडौं । रास्वपा सभापति रवि लामिछानेको त्यागलाई प्रधानमन्त्री बालेन्द्र शाहले कम मूल्याङ्कन गरेको परिणाम कस्तो भोग्छन् यसै भन्न सकिन्न । तर उनका विरुद्ध रास्वपाभित्रै चर्को असन्तुष्टी छ । प्रधानमन्त्रीको स्वार्थका योजना पुरा गर्न कानुनको ख्याल गरिएको छैन । देशीय शक्तिहरु कजोर बन्दा विदेशी शक्तिले नेपालप्रतिको दृष्टिकोणमा परिवर्तन गर्छन् ।
राष्ट्रियतासँग जोडिएको नेपाली भूमिमा भारतीय सेनाको चहलपहल, लिपुलेक, मानसरोवर व्यापारिक मार्ग बारे भारत र चीनको सम्झौताका बारेमा नेपालले अडान राख्नु ठिक छ ।
तर, सरकारको तहबाट जेनजी पुस्ताको आवाज सम्वोधन गर्दै गत भदौ २३ गतेको घटनामा दोषी ठहरिएकालाई कारबाही अलबत्र पारियो । सरकारले भ्रष्टाचारमा रमाएकाहरुलाई छानविनको दायरामा ल्याउने काम त ग-यो । तर, त्यसको आधार केवल ठूलाठालुले राज्यबाट लिएका सुविधा फिर्ता मात्रले पूर्णता पाउन सक्दैन भन्ने बुझेन । नक्कली भुटानी शरणार्थी प्रकरण र भिजिट भिसाको ठगी छानविन भएन ।
प्रहरीको सिआईबीलाई शेयर बजारमा आधिपत्य जमाएका माफिया दीपक भट्ट र अग्रवाल समूहलाई म्याद थप्दै अनुसन्धान भइरहेको प्रचारले मात्र पुग्दैन । गोल्छा समूहका शेखर गौल्छाको रिहाइले कतै दिपक भट्ट पनि मुक्त नहोलान् भन्न सकिँदैन । निजामती कर्मचारीका संघ, संगठन खारेज गर्दैमा प्रशासनिक चुस्तता देखिँदैन ।
कसैको कुरै नसुन्ने प्रधानमनत्रीले सिंहदरबारको शासकीय सुधार कस्तो गरे सबै छर्लङ्ग छ । उनी बिहान ८ः३० बजे हाजिर भएर मन्त्रीहरुलाई ९ः१५ मा मन्त्रालयमा उपस्थित गराउँदैमा काम देखिँदैन । वैकल्पिक व्यवस्था नगरी खोलाकिनाराको वस्ती उठाउँदा झण्डै १० हजार परिवार वर्षाद्को समयमा उजाडिएको छ । यसको प्रतिफल रास्वपाले आगामी वर्षको स्थानीय चुनाव र प्रदेशको चुनावमा भोग्ने छ । किन कि सार्वजनिक जग्गा जमीन रास्वपाका सांसदले पनि कब्जा गरेकै छन् । आर्थिक मितव्ययिताको कुरामा सरकारले जति गर्नुपर्ने थियो त्यो गरेको छैन ।
तर, सधैं कालोजबारी र महंगीले तड्पिएका जनतामा राहतको संकेत छैन । सरकारले पत्रकार, कर्मचारी, शिक्षक, प्राध्यापक, डाक्टर, इन्जिनियरहरु मात्र होइनन् मजदूर वर्गलाई समेत तड्पाएको छ । भारत निर्भर इन्धनको विकल्प खोजिएको छैन । जबकि नेपालले चीनसँग वाणिज्य सन्धी गरेको छ । मन्त्रालय घटाउनु नौलो कुरा होइन । विधिसम्मबद ढंगले शासन गर्नु ठूलो कुरा हो । तर प्रधानमन्त्रीले जनतालाई तड्पाउने र दुःख दिने काम धेरै गरेका छन् ।

