आफ्नैबाट ओलीलाई धोका

राजनीति समाचार

काठमाडौं । समकक्षी नेताहरुलाई खेदेर पार्टीमा एकलौटी हैकम चलाउँदै आएका एमाले अध्यक्ष केपी शर्मा ओली आज आफ्नै भनिएकाहरुबाट धोका खाएका छन् । त्यो धोका विचार र सिद्धान्तको कारण होइन अहंकार र दम्भको परिणाम हो । अध्यक्षले मनपराएका कार्यकर्ताले केन्द्रीय सदस्यमा समेत नपत्यका विष्णु रिमाल, ईश्वर पोख्रेलतिर जोडिएका छन् । पोख्रेललाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको छायाँका रुपमा लिइन्छ । उनी त्यही आधारमा अध्यक्षमा प्रतिस्पर्धा गरेका हुन् ।

ओलीसँग अध्यक्षमा प्रतिस्पर्धा गर्दा जहाँ त्यहीँ एकलौटी प्रतिनिधि छनोट भएका कारण पोख्रेलको पक्षमा न्यून मत आयो । पार्टीमा आन्तरिक प्रतिस्पर्धा भयो भने आफू प्रतिस्पर्धामा जान डराउने ओलीवादीले आज तीनैलाई सताएका छन् । जो हिजो ओलीबिनाको एमाले हुँदैन भन्थे । आफूले पद प्राप्त गर्न अध्यक्षकै कृपा प्राप्त गर्नुपर्ने भएपछि शंकर पोख्रेल, विष्णु पौडेल, पृथ्वी सुब्बादेखि खगराज अधिकारीसम्मको धारणा ओलीबिना एमाले टिक्दैन भन्ने थियो । आज तीनै ओलीलाई हटाउन केन्द्रित भएका छन् ।

तर, ओलीलाई तीनको जमघट रुचेको छैन । त्यही कारण उनले संसदीय दलको नेता रामबहादुर थापालाई बनाएका थिए । पुराना एमाले नेता गुरु बराल उप नेता पनि हुन पाएनन् । बरु पद्मा अर्यालले त्यो पद पाइन् । प्रमुख सचेतक र सचेतक पनि तयस्तै छानिए । त्यो एमालेमा चुनावी समीक्षा पनि भएन । सचिवालयको बैठक बस्दैन । पार्टी कार्यालय कहाँ हो पत्तो छैन । भोगाधिकार दिलाएर १२ रोपनी ११ आनाको तुलसीलाल स्मृति प्रतिष्ठानमाथि बालेन सरकारले दागा धरिरहेको छ ।

अध्यक्ष बिनाको सचिवालय बैठक बसेको छैन । पार्टीका पदाधिकारी छन् तीनको अर्थ छैन । निर्णय गर्न नसक्ने पदाधिकारीहरुलाई अध्यक्षले गन्दैनन् । अध्यक्षले संसदीय दलको नेता, उपनेता, प्रमुख सचेतक छानेकाहरु सबै विवादित छन् । सरकारको अनुसन्धानमा रहेका ती नेताहरु अध्यक्षका विस्वासी पात्र हुन् । तर, पार्टीमा सर्वस्वीकार्य होइनन् । ओलीका लागि तीनै प्यारा भए । एमालेमा अध्यक्षकै तस्वीर अपच भएको बेला नेतृत्व परिवर्तनका कुरा कसरी सम्भव हुन्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *