काठमाडौं । पुराना दल भ्रष्ट थिए, नेता अहंकारी र दुष्ट थिए, भेदभाव पक्षपात तीनले गरे भनेर जनताबीच निष्पक्ष बन्न खोज्दा रास्वपा र बालेन प्रवृत्ति नाङ्गिँदै छ । कांग्रेस र एमालेका सुकुम्वासी भन्दै डोजर लगाउँदा दुईमन्त्री र ५ सांसद सरकारी जमीन ओगटेर बसेका सुकुम्वासी परेपछि डोजर आतंकले घरबास उठाइएको बेघरवासी सकडमा आएका छन् । आफ्नै सभापति सहकारी काण्ड, नक्कली नागरिकता र पासपोर्टको झमेलामा पर्दा एमाले र कांग्रेसका सहकारी ठग र भ्रष्टाचारी कसरी कारबाहीमा पर्लान भन्ने शंका उब्जेको छ । माओवादीभित्र त सुन तस्कर र रक्तचन्द काण्डमा सरिक नेता छन् । नक्कली भुटानी शरणार्थी काण्डमा डुबेकाहरु एमालेको बद्नाम गर्न संसदमा समेत अग्रसर भएका छन् । एमालेसँग रास्वपाकै पनि दुश्मनी भयो । बालेनको दुश्मनी चर्को थियो ।
बालेन थिएनन् भने रवि, प्रचण्ड निकट बन्ने थिए । रास्वपाका सांसद र मन्त्री आफैं अर्बपति भएर अरु दलमाथि खनिएको सुहाएको छैन । प्रधानमन्त्री नै संसदकोविरुद्ध खडा भएका छन् । संवैधानिक परिषद्माथि हस्तक्षेप गर्दा सरकारले जारी गर।ेका अध्यादेश जनता र देशको हितमा भए पनि राजनीतिक ‘इगो’को रुपमा देखिँदैछ । सांसदहरुको प्रश्नको जवाफ दिन नसक्ने प्रधानमन्त्रीले कसरी देश चलाउँछन् । प्रशासनिक सुधार कसरी गर्छन्, ¥याप गीत गाएर देश सुध्रिँदैन । गल्ती शासकहरुबाट हुन्छ । हिजोको ‘इगो’ आज साध्न थाल्दा प्रतिशोध हुन्छ । प्रहरी लगाएर, लाठी बर्साएर शान्ति आउँदैन । सरकार जनपक्षीय भएन । प्रधानमन्त्रीको संसदप्रतिको दायित्व के हो ? संसदीय गरिमा दलले राख्ने कि प्रधानमन्त्रीले यो प्रश्न रास्वपाको नेतृत्वले बुझेको छैन ।
संसदीय दलको नेता संसदप्रति उत्तरदायी कति हुने ? सरकारले एकवर्षे कार्ययोजना संसदमा प्रतुत गर्दा प्रधानमन्त्री र मन्त्रीहरु अनिवार्य उपस्थित हुनै पर्छ । संसदमा उठेका प्रश्नको जवाफल विभागीय मन्त्री र प्रधानमन्त्रीले रोष्टमबाट दिनुपर्छ । त्यो संसदीय मूल्य र मान्यताकै रुपमा स्थापित छ । तर, त्यो बुझेका पुराना सांसद थोरै छन् । १८२ जना नयाँ छन् तीनै नयाँ मध्येका बालेन साह एकाएक प्रधानमन्त्री भएका हुन् । तर, उनले संसदीय मूल्य, मान्यतातर्फ सोचेनन् । जहाँ वाधा छ त्यहाँ छन्ने होडमा उनी छन् ।
अराजकतावाद बालेनवाद हो । उनले लौरो चिन्ह लिएर काठमाडौंको मेयर बन्दा पनि फेसबुकबाट अराजकताकै प्रदर्शन गर्थे । आज देशभर सरकारले लिने गति र मतिको परीक्षण हुँदैछ । भ्रष्टाचार, बेथिति अन्त्य हुँद्यैन तर नियन्त्रण गर्न सबैको साथ जरुरी हुन्छ । आज अरुको सम्पत्ति छानविन हुँहा रास्वपाका मन्त्री, प्रधानमन्त्री र सांसद सबै शुद्ध भन्ने हुँदैन । मन्त्रीहरुको सम्पत्ति विवरणको सार्वजनिकरणमै अनेक शंका उब्जेको छ । सम्पत्ति कर तिरेको छैन । माफियाले कब्जा गरेका कम्पनीहरुमा उनीहरुको सेयर देखिँदा हामी शुद्ध भन्नेहरुको शिर झुक्यो कि झुकेन ?

