गृहमन्त्री नहुँदा सुरक्षा निकाय निकम्मा

राजनीति समाचार

काठमाडौं । निवर्तमान गृहमन्त्री सुदन गुरुङले राजीनामा दिएको महिना दिन हाराहारी पुग्न लागेको छ । गुरुङले राजीनामा दिएपछि गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्र साहले लिएका छन् । प्रधानमन्त्रीले गृहमन्त्रालय आफैले सम्हालेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच समन्वय हुन सकेको छैन । गृहमन्त्रालय प्रधानमन्त्रीको जिम्मामा भए तापनि भित्री रुपमा रास्वपा सभापति रवि लामिछानेको निर्देशनमा चलिरहेको बताइन्छ । किन कि गृहमन्त्रालयको जिम्मेवारी सम्हालेका प्रधानमन्त्री साह र प्रहरी महानिरीक्षक दानबहादुर कार्कीबीच समन्वय नहुँदा महानिरीक्षक कार्की रवि लामिछानेलाई भेट्न पुगेका थिए । प्रहरी सरुवा बढुवाको विषय लिएर प्रधानमनत्री साहलाई भेट्न जाँदा भेट नपाएपछि सभापति लामिछानेलाई भेट्न पुगेको बताइन्छ ।

त्यसले गर्दा गृहमन्त्रालय भित्री रुपमा सभापति लामिछानेको निर्देशनमा चल्ने गरेको आँकलन गर्न सकिन्छ । प्रहरीका ४६ जना प्ररही उपरीक्षक (एसपी) र १४९ जना नायव उपरीक्षक (डीएसपी) सरुवा गर्दा प्रहरी महानिरीक्षक कार्की र रास्वपा सभापति लामिछानेको मिलेमतोमा आरोपीलाई च्यापेर काम गर्नेलाई सरुवा गरेको भन्दै प्रधानमन्त्री साहले असन्तुष्टि जनाइएका छन् । प्रधामन्त्री साहले प्रहरी महानिरीक्षक कार्कीलाई हटाउन खोजिरहेका छन् । प्रहरी महानिरीक्षकलाई सिधै हटाउन नमिल्ने भएपछि राजीनामा दिएहुन्थ्यो भन्ने मनस्थितिमा प्रधानमन्त्री साह पुगेको स्रोतले बताएको छ ।

नयाँ सरकार बनेको दुई महिना हाराहारी हुँनलाग्दा पनि निवर्तमान सरकारले नियुक्ति गरेका सीडीयोहरुलाई फेरबदल गरेको छैन । अर्काेतर्फ सात महिना पहिलादेखि खाली रहेका दश वटा देशका राजदूत पनि सरकारले नियुक्ति गर्न सकेको छै । त्योसँगै अन्य देशका राजदुतहरु पनि सरकारले फिर्ता बोलाइसकेको छ । फिर्ता बोलाएका देशहरुमा कस्ता व्यक्तिहरुलाई राजदुत बनाउँछ भन्ने यकिन भएको छैन ।

सरकारले त्यतातिर ध्यान दिन सकेको छैन । त्यसले गर्दा राजदूत रिक्त भएका देशहरुमा नेपालीहरुलाई समस्या परिरहेको छ । त्यसैगरी तत्कालीन सरकारले गरेका राजनीतिक नियुक्ति हटाएको ठाउँमा नयाँ नियुक्तिहरु गर्न सकेको छैन । पहिलाका पदाधिकारी हटाएर रिक्त रहेको ठाउँमा नयाँ नियुक्ति नहुँदा सेवाग्राहीहरु मारमा परिरहेको छन् । उता, महिनौदेखि गृहमन्त्री नहुँदा शान्तिसुरक्षामा समस्या परिरहेको छ । भने सुरक्षा निकाय पनि चलायमान हुन सकेको छैन । प्रधानमन्त्री साह र प्रहरी महानिरीक्षक कार्कीबीच समन्वयकारी भूमिका नहुँदा प्रहरी संगठन चलायमान हुन सकेको छैन ।

प्रहरी संगठन चलायमान नहुँदा देशमा हत्या, हिंसा, चोरी तस्करी र अपराधका घटनाहरु बढिरहेका छन् । प्रहरी संगठन कमजोर भएकै कारण एम्बुलेन्सबाट गाँजा ओसारपसार भइरहेका छन् । त्यसको चेकजाँचमा कमजोरी भएको पाइन्छ । लागुआगैषध ओसार पसार हुदा पनि गृहमन्त्रालय गुमनाम जस्तै बन्न पुगेको छ । उता, सशस्त्रका नवनियुक्त महानिरीक्षक नारायणदत्त पौडेलले सशस्त्र प्रहरी बललाई चलायमान बनाउन नसक्दा सीमा क्षेत्रमा चोरी, तस्करी र भन्सार छलीका घट्नाहरु बढिरहेका छन् ।, तर, स–साना झोलेपोके व्यापारीहरुलाई १०० रुपैयाँको सामानमा भन्सार लगाएर सर्वसाधारणलाई दुःख दिने काम भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *