काठमाडौं । पद र कुर्सी राज्यको दोहन राजनीतिक दलका पौरखी योजना हुन् । उपेन्द्र यादव र महन्त ठाकुर जस्ता नेता जनताको भरोसा लाग्दा छँदै छैनन् । मधेसका महाराज यादव र ठाकुरको पार्टी ध्वास्त गर्छुभन्दा जनमत पार्टी र नाउपा हेर्दाहेर्दै सकिए । यीनको संघीय संसदमा उपस्थिति नहुँदा कांग्रेसबाट २०७९ कै चुनावमा विद्रोह गरेका डा. अमरेश कुमार सिंह रास्वपामा प्रवेश गरेर चुनाव जितेका छन् ।
आज मधेसीको मुद्दा उनै डा. सिंहले उचाल्दै छन् ।
मधेसी छोरो प्रधानमन्त्री भए तापनि मधेसी जनताले पाउनुपर्ने सेवा सुविधा पाएनन् । बरु तीनै गरिवको घर भत्काउन र गरीबमाथि दमन गर्दै आएका प्रधानमन्त्रीको अराजकताले झन् मधेस उजाड भएको छ । गरीबका झुपडीमा डोजर चल्दा न त उपेन्द्रले खबरदारी गराए न त जनमत पार्टीका सिके राउतले मधेसको मुद्दालाई दलीय एकाधिकारमा उतार्न सकेका छन् । उपेन्द्रलाई त उनले साइजमा ल्याए । उपेन्द्रसँग अशोक राईर डा. बाबुराम भट्टराई पनि जोडिए । तर, पार्टीले गति लिएन । जसपा र लोसपा फेरि रास्वपाबाट पेलिएका छन् ।
मधेसबाट न त मुख्यमन्त्रीलाई टिक्न दिइन्छ न त राज्य स्रोतको संरक्षण हुन्छ । गरिवी, भोकमरी अशिक्षा बेरोजगारी त्यहीँ छ । सरकारले सीमा सुरक्षाको रक्षा कवज बनेका नागरिकले भारतीय बजारबाट सस्तो माल सामान भित्र्याउँछन् भन्ने रिश मधेसका बालेन्द्रलाई प्रधानमन्त्री बनाइयो । तर, उनी अराजक भएकोमा पार्टीलाई चिन्ता छँदैछैन । एमाले अध्यक्षबाट खेलाइएका उपेन्द्र यादवको शेखी नै झ¥र्यो । उनीसँग मिल्न पुगेका पहाडे मुलका डा. बाबुरामदेखि जनजाति वर्गको प्रतिनिधित्व गर्न अशोक राईसमेत हायलकायल भएका छन् । त्यहीँ कारण राईलाई जसपा नेपाल बनाए तर पार्टी विस्तार गर्न सकेका छैनन् ।

