एमाले पेशागत महासंघमा भाँडभैलो

राजनीति समाचार

काठमाडौं । नेकपा एमाले निकट पेशागत महासंघभित्र व्यापक असन्तुष्टि छाएको छ । तत्कालीन निजामती ट्रेड युनियनका अध्यक्ष पुण्य ढकाललाई एमालेले पेशागत महासंघको अध्यक्ष बनाएको थियो भने उपाध्यक्ष भोलानाथ पोखरेल थिए । त्यसैगरी महासचिवमा केदार देवकोटा रहेका थिए ।

भोलानाथ पोखरेलले निजामती कर्मचारीबाट राजीनामा दिएपछि एमालेको ११ औं महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका थिए । त्यसपछि पेशागत महासंघमा वरियतामा को ठूलो भन्ने विवाद चर्किँदै गएको थियो । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोपछि पेशागत महासंघ गुमनाम जस्तै बनेको थियो । पेशागत महासंघको आठौं राष्ट्रिय महाधिवेशन गत चैत २२ गते सम्पन्न गर्नुपर्ने थियो । तर, एमाले संगठन र जनवर्गीय संगठनहरु जेनजी आन्दोलनपछि पेशागत महासंघ चलायमान हुन नसक्दा महाधिवेशन रोकिएको थियो ।

केही हप्ता अगाडि बसेको एमालेको केन्द्रीय कमिटी बैठकले भोलानाथ पोखरेललाई पेशागत महासंघको संयोजक बनाएको छ । त्यसले गर्दा पेशागत महासंघभित्र व्यापक असन्तुष्टि छाएको छ । महासंघले आगामी भौदौ, असोजतिर आठौं महाधिवेशन गर्ने जनाएको छ । आठौं महाधिवेशनमा हाल संयोजक रहेका पोखरेल आफै अध्यक्षको दावेदार हुने भएका छन् । त्यसैगरी अध्यक्षका अर्का दावेदार केदार देवकोटा र कर्मचारी संगठनका पूर्वअध्यक्ष लेखनाथ कोइरालाको पनि दावी रहेको बताइन्छ । महासंघमा विवाद भइरहँदा एमाले संगठन नै ध्वस्त हुन पुगेको छ । भोलानाथ पोखरेल पहिला एकीकृत समाजवादी पार्टीमा गएका थिए भने पछि फेरि एमालेमै फर्किएका छन् । पोखरेल एमालेमा फर्किएपछि एमालेको केन्द्रीय सदस्य र पेशागत महासंघको संयोजक बनाइएको छ ।

उता, लेखनाथ कोइरालालाई पदबिहीन बनाइएको छ । कोइराला पनि केही समय पहिला माधव नेपाल निकट थिए । माधव निकट भए तापनि केदार टेवकोटा र पुण्य ढकालले निजामती कर्मचारी संगठनको अध्यक्ष बनाएका थिए । देवकोटा र ढकाल संस्थापन पक्षमा रहेरका थिए । आज उनीहरुलाई नै पछि पार्दै भोलानाथ पोखरेललाई अगाडि सारेका छन् । पोखरेल कहिले माओवादी, कहिले एकीकृत समाजवादी र कहिले एमाले चहार्दै आएका व्यक्ति हुन् । पोखरेलको मैँ ठूलो हुँ भन्ने दम्भले गर्दा एमाले पेशागत महासंघमा अट्ने व्यक्ति देखिँदैन । हुन त ढकाल र देवकोटा पनि एमालेकै आडमा विभिन्न जनवर्गीय संगठनको नेतृत्व गर्न सफल भएका व्यक्ति हुन ् ।

अहिले देवकोटा र ढकाललाई पेशागत संगठनमा कुनै जिम्मेवारी दिएको पाइँदैन । तर, उनीहरुले पेशागत महासंघलाई बजबुद बनाएर अगाडि बढाउनुपर्नेमा जोड दिइरहेका छन् । ढकाल र देवकोटाको भनाइअनुसार संगठनभन्दा व्यक्ति ठूलो नहुने भएकाले पार्टीले जसलाई नेतृत्व दिए तापनि पेशागत संगठनलाई सबै मिलेर बलियो बनाउनुपर्छ । त्यसैगरी अन्य जनवर्गी संगठनहरुमा पनि व्यक्तिभन्दा पार्टी बलियो हुनुपर्ने आवाज उठ्न थालेको छ । एमालेका २३ वटा जनवर्गीय संगठनमा पार्टीहित विपरीत काम भएकै कारण आज मुलुकले यो अवस्था भोग्नुपरेको पेशागत महासंघका पदाधिकारीहरु बताउँछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *