भद्रकुमारीको पैसामा कांग्रेस नेता घिमिरेको रजाईँ

राजनीति समाचार

काठमाडौं । राजभक्त समाजसेवी मद्राकुमारी घलेको पैसा सहकारीमा राखेर राम्रो ब्याज दिने प्रलोभन देखाएर कांग्रेस नेता श्याम कुमार घिमिरेले पचाई दिएका छन् । घले पूर्वराज सभा स्थायी समितिकी सदस्य हुन् । उनले घिमिरेको सहकारी चलाउन ७२ लाख रुपैयाँ मासिक १२ प्रतिशत ब्याजमा दिएकी थिइन् । पैसा लगेको भोलिपल्ट सहकारीको साधारण सभाले १२ प्रतिशत ब्याज दिने प्रस्ताव पारित ग¥यो । सहकारीको नाउँमा ठग्नेहरुले व्याज रकम साँवामा जोडेर राफसाफ गर्ने कुरा भद्राकुमारीले सोचेकी पनि थिइनन् ।

अनामनगरस्थित घट्टेकुलोपारी घलेको बसोवास थियो । तर, त्यो जमीन सार्वजनिक भएकाले घलेले काठमाडौं महानगरपालिकाको डोजर आतंकलाई स्वीकार गरेर छोड्ने प्रतिबद्दता गरिन् । घले राजभक्त भएर देशको परिवर्तन सहज स्वीकार्ने राजनीतिक चरित्र भएकी महान महिला नेतृ हुन् । उनले राजनीतिबाट अलग्गिएपछि गाई, बंगुर पालिन् । उनको बाँच्ने आधार त्यहीँ थियो । पछिल्लो समय उमेरले साथ नदिँदा उनी त्यहीँ आश्रममा बस्दै गर्दा कांग्रेस नेता श्याम घिमिरे सम्पर्कमा पुगेर ७२ लाख पैसा हात पारेका थिए ।

उनले गरेको बदमासी १२ प्रतिशत ब्याजलाई साँवामा जोडेर १४ लाख मात्र फिर्ता गर्नु हो । घलेसँग ७२ लाख रुपैयाँ एकमुष्ट लिएर घिमिरेले जब सहकारी ठगीको भण्डाफोर भयो त्यसैबेला घलेलाई १४ लाख फिर्ता गर्दै तपाईँको खातामा भएको रकम यहीँ हो भनेपछि घले छाँगाबाट खसेजस्तै भइन् । त्यसरी घिमिरेले घलेको ६१ लाख रुपैयाँ झ्वाम पारेका छन् । कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा समूहका नेता घिमिरे आज पूर्णबहादुर खड्काको टिमका हर्ताकर्ता भएका छन् ।

भद्राकुमारी घलेले घिमिरेको लुटको सञ्चार माध्यममा प्रचार गर्ने तर सहकारी विभााग र प्रजिअसँग न्याय नमाग्ने बताएकी छन् । देशमा प्रजातन्त्र आयो तर घलेजस्ता पीडितलाई न्याय दिने निकाय नहुँदा अदालत, अख्तियार र प्रहरी पनि विश्वासिलो आधार नहुँदा पीडितहरु अन्याय र अत्याचार सहेर बस्न वाध्य भएका छन् । सरकार पनि गरीव र निमुखाका लागि नभई हुनेखाने वर्गको लागि काम गर्नेहरु हिजो जस्ता थिए आज पनि त्यस्तै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *