काठमाडौं । आफैले छानेर पार्टीका पद सुम्पिएका हरुवाचरुवा जस्ताले आफ्नैविरुद्ध मौका पर्दा असहयोग मात्र होयन पद त्यागको धम्की देलान् भन्ने सोच कसैको हुन्न । किन कि भाद्र २३ र २४ गतेको काण्डले देशका मै हुँ भन्ने नेताहरुलाई हायलकायल बनाएको थियो । फेरि फागुन २१ को निर्वाचनबाट एकाएक थला पारेपछि तीनलाई पार्टी नेतृत्वमा टिक्न र टिकाउन कठिन बन्दैछ ।
मुलुकको सशक्त शक्तिका रुपमा भएपनि एक व्यक्तिको पुजन गाथामा चलेको नेकपा एमाले आज त्यही गतिमा छ । हिजोका दिनमा पार्टीमा शक्ति आर्जन गर्ने, पदमा पुग्ने अभिलासा राखेर पार्टी उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव जस्ता पद कब्जा गरेका हरुवाचरुवाहरुलाई आज केपी शर्मा ओली रुचीका पात्र भएनन् । अहिले एमालेभित्रको संकटले पुरानै अवस्थामा पार्टीलाई पु¥या एमालेका नेतालाई कार्य क्षेत्र दिएर खटाइँदैछ । अध्यक्ष ओलीले काम पाइनँ भन्नेहरुलाई दिएको कामको म्यादमा असार दोस्रो सातासम्म जिल्लाको रिपोर्ट केन्द्रमा पठाउनुपर्ने छ । पार्टीका विभागहरुलाई पनि चुस्त बनाउने गरी जिम्मेवारी पाएका पदाधिकारीहरुले जसरी ओलीको विकल्प खोजेका थिए त्यसरी नै गाउँ तहदेखि पार्टीको स्थिरता प्रस्तुत गर्न पाएका छन् ।
केन्द्रीय समितिको बैठकबाट भावी रणनीति कस्तो बन्छ त्यो बेलासम्म ओलीविरुद्धको आक्रोश सेलाउँदै स्थिति फरक नहोला भन्न सकिन्न । यस पटक सचिवालय बैठकमा महेश बस्नेत, पदमा अर्याल, लेराज भट्ट र रामबहादुर थापाले सघाए पनि हिजोका डा. राजन भट्टराई, भानुभक्त ढकाल, खगराज अधिकारी, शेरधन राईले त्यो पद दिने अध्यक्ष नै भएको बिर्सेका छन् । आफ्नो टीम छिन्नभिन्न हुँदा अध्यक्षलाइर्ए चिन्ता छैन । तर उपमहासचिवदेखि केन्द्रीय सदस्य पदसम्म पराजित विष्णु रिमालको व्यवहार भने शंकास्पद देखिएको गुण्डुमा चर्चा चल्न थालेको छ ।
रिमाल चुनावमा प्रतिस्पर्धा गरेर पार्टीभित्रै नेतृत्वमा आउन सक्ने पात्र थिएनन् । उनलाई उपमहासचिव योगेश भट्टराईले हराएका हुन् । अध्यक्षको खजान्चीका रुपमा प्रस्तुत गरिने रिमाल माधव नेपालसँग बसेर फाइदा लिएकै थिर्ए । क्यासिनो र पर्यटन क्षेत्र उनको लुटको अखडा हो ।

