काठमाडौं । गत वर्षझै यसपाली पनि मनसुन सक्रिय हुँदा विभिन्न राजमार्गहरु अवरोध भएका थिए । तर सवारीसाधनहरु केहि घण्टा रोकिएर सञ्चालनमा आएका छन् । तत्कालीन अवस्थामा वर्षातकै कारण बाढि पहिरोले गर्दा ठुलो मात्रामा धनजनको क्षति हुने गरेको थियो । यसपाली वर्षातको कारण सवारी आगमन केहि घण्टा रोकिएतापनि ठुलो धनजनको क्षति भने भएको छैन । बर्षातकै कारण पृथ्वी राजमार्ग, विपी राजमार्ग र नारायणघाट आसपासका क्षेत्रमा स–साना पहिरो गएर आवगमनलाई असर पारेको थियो भने सडक अवरोधका कारण ठुलो क्षति भएको छैन ।
पूर्वाधार विकास मन्त्रालयले सडक अनुगमन गरेर क्षति भएका सडकहरुलाई तत्काल मर्मत गरी सवारी आवतजावत सञ्चालन गर्नको लागि पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, सचिव गोपाल सिग्देल, सडक विभागका महानिर्देशक विजय जैशी, डिभिजन प्रमुख र आयोजना निर्देशकलयका कर्मचारीहरुले पूर्वदेखि पश्चिमसम्मको सडक अनुगमन गरिरहेका छन् । सडक अनुगमन गरेसँगै अवरुद्ध भएका सडकहरु छिटोछरिटो गरि निर्माण गर्नको लागि मन्त्री लम्साल लागि परेका छन् । मन्त्रीसँग अनुगमनको लागि सचिव डिभिजन प्रमुख, आयोजना प्रमुखहरुले विभिन्न सडकको अनुगमन गरी सडक सूचारु गर्नको लागि पहल गरिरहेका छन् । गत हप्ता मात्र मन्त्री लम्साल पूर्वको विराटनगरदेखि विभिन्न जिल्लाको अनुगमन गरी काठमाडौं फर्किएका थिए ।
काठमाडौं फर्किएलगत्तै गत शुक्रबार सुर्खेत पुगेका थिए । सुर्खेतबाट मन्त्री सचिव, महानिर्देशक र डिभिजन प्रमुखहरु सोमबार मुगु पुगेका थिए । मुगुसँगै अन्य जिल्ला सडक कार्यालयहरुको निरीक्षण गरी काठमाडौं फर्किएका छन् । त्यसैगरी अरनिको राजमार्गअन्र्तगत गोदावारी पर्ने वाह्रविसे लामो साघु सिन्धुपाल्चोक मुडे चरिकोटहुदैँ जिरीसम्मको बाटो अवरुद्ध भएका सडकहरु डिभिजन प्रमुख चरिकोटका नारायण भण्डारीको सक्रियतामा सो सडकहरु खुलाइएको थियो । तत्कालनि अवस्थामा सडक कार्यालयहरु वर्षातको कारण बन्द हुदाँ यातयात सूचारु हुनलाई समस्या पर्ने गरेको थियो भने यसपालीको बर्षात समयमा यातयात सूचारु हुनु भनेको सकारात्मक काम भएको देखिन्छ । पूर्वाधार विकास मन्त्रालयले देशैभरिका सडक कार्यालय र आयोजना निरिक्षण गरेर छिटोछरिटो काम सम्पन्न गर्नलाई आदेश जारी गरेको छ ।

