पद त्यागेको, झण्डा छोपेको र छाप छोडेको

राजनीति लेख

भोला खतिवडा

२०८३ साउन ६ गते बिहान मन्त्रालय पुग्दा बाहिरको राजनीतिक माहोल निकै तातिएको थियो। सरकार परिवर्तनको चर्चा उत्कर्षमा थियो। मुख्यमन्त्री परिवर्तन हुने कि नहुने, मन्त्रीहरूले राजीनामा दिने कि नदिने भन्ने विषयमा अनेक अड्कलबाजी भइरहेका थिए। तर मन्त्रालयभित्रको दृश्य भने फरक थियो। यहाँ राजनीतिक हल्लाभन्दा कामको चाप बढी थियो।हामी ३५१ दिनको कार्यकालको समीक्षा सार्वजनिक गर्ने अन्तिम तयारीमा व्यस्त थियौँ। पत्रकार सम्मेलनका तयारी हुँदै थियो । मिडिया ब्रिफ तयार थियो। पत्रकारहरूलाई वितरण गर्ने सामग्री अन्तिम पटक हेरिँदै थियो।मन्त्रालयका सचिव, महाशाखा प्रमुखहरू र सचिवालयका सदस्यहरू आआफ्नो जिम्मेवारीमा व्यस्त हुनुहुन्थ्यो। वर्तमान वन तथा वातावरण मन्त्री भरत केसीले मन्त्रीको हैसियतमा ३५१ दिन विताएर आजबाट राजीनामा दिँदै हुनुहुन्थ्यो ।

त्यागेको पद
राजनीतिमा पद प्राप्त गर्नु जत्तिकै महत्त्वपूर्ण हुन्छ, सम्मानका साथ पद त्याग्न सक्नु। धेरै मन्त्रीहरू पदबाट हटाइन्छन्, सरकार ढल्छ, दलले फिर्ता बोलाउँछ। तर स्वेच्छाले राजीनामा दिएर जिम्मेवारी हस्तान्तरण गर्ने अवसर सबैलाई प्राप्त हुँदैन। भरत केसीका लागि त्यो दिन त्यही दुर्लभ अवसर बनेको थियो।भरत दाइले मन्त्रीको हैसियतले एक आर्थिक वर्षकोपूरै वजेट कार्यान्वयन र अर्को वर्षको बजेट वनाउने अवसर पाउनु भयो । वन क्षेत्रका सरकारी तथा गैरसरकारी निकायमा सकरात्मक छाप पनि छाड्नु भएको छ ।यस्तो अवस्थामा बेदाग राजीनामा दिनु सुखद मौका हो । भरतदाइले कहिल्यै नखोसिने पद ूपूर्व मन्त्रीू पाउने तयारी गर्दै हुनुहुन्थ्यो ।

बिहान ११ बजे मन्त्री भरत केसी राजीनामा बुझाउन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुग्नुभयो। तर मुख्यमन्त्रीनैं कार्यालयमा उपस्थित नभएकाले राजीनामा बुझाउन सम्भव भएन। त्यसपछि एमालेका तर्फबाट सरकारमा सहभागी सबै मन्त्रीहरू प्रदेश प्रमुखको कार्यालय पुग्नुभयो र बाँनीया नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र बुझाउनुभयो।एमालेबाट ६ जना मन्त्री हुनुहुन्थ्यो ।राजनीतिक घटनाक्रम आफ्नो गतिमा अघि बढिरहेको थियो। उता मन्त्रालयमा भने दिउँसो दुई बजे हुने पत्रकार सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको थियो।
मन्त्रालयको सभाकक्ष पत्रकारलेखचाखच थियो, मन्त्री केसीले आफ्नो ३५१ दिनको कार्यकालको समीक्षा प्रस्तुत गर्नुभयो। उहाँले केवल तथ्याङ्क सुनाउनुभएन, ती उपलब्धिको पछाडिको सोच पनि राख्नुभयो। वनलाई संरक्षणमा सीमित नराखी उत्पादन, रोजगारी, उद्यम र हरित अर्थतन्त्रसँग जोड्ने प्रयास उहाँको प्रस्तुतिमा स्पष्ट देखिन्थ्यो।

प्रश्नोत्तर सुरु भयो। अपेक्षाअनुसार एउटा प्रश्न आयो, वन ऐन संशोधन किन अझै पारित हुन सकेनर
मन्त्रीको उत्तर शान्त र स्पष्ट थियो।ूवन ऐनजस्तो दीर्घकालीन कानुन हतारमा बनाउने विषय होइन। सबै सरोकारवालाको अपनत्व सुनिश्चित गर्न खोज्दा समय लाग्यो। तर विधेयक प्रदेश सभामा दर्ता भइसकेको छ। त्यसैले यो प्रक्रिया अन्तिम चरणमा पुगेको मान्न सकिन्छ।त्यो उत्तरमा कुनै बहाना थिएन, केवल यथार्थ थियो।

विदाइभन्दा बढी आत्मीयता
साँझ मन्त्रालयका कर्मचारीहरूले आयोजना गरेको विदाइ तथा फेरी भेटौला कार्यक्रम सुरु भयो। मन्त्रालय, निर्देशनालय, डिभिजन वन कार्यालय र भू तथा जलाधार व्यवस्थापन कार्यालयका कर्मचारीहरूको उल्लेखनीय उपस्थिति थियो।
संक्षिप्त मन्तव्यका क्रममाकसैले भन्नुभयो, ू३५१ दिन छोटो समय थियो, तर उपलब्धिमूलक रह्यो।ूअर्कोले भन्नुभयो, ूमन्त्रालयले धेरै नीतिगत माइलस्टोन तयार गर्यो,।अर्को कर्मचारीको भनाइ अझ अर्थपूर्ण थियो, हामीले कहिल्यै अनावश्यक दबाब महसुस गर्नुपरेन। निर्णय गर्न सहज वातावरण थियो। मन्त्रीज्यूले निर्देशनभन्दा सहजीकरणलाई बढी महत्व दिनुभयो।

मन्त्री भरत केसीको मन्तव्यपनिलामो थिएन, तर भावपूर्ण थियो।ूमन्त्रीको जिम्मेवारी अस्थायी हो,कर्मचारी संयन्त्र स्थायी हो। मैले यहाँबाट पाएको साथ र सहयोगका लागि सबैप्रति आभारी छु। मन्त्रालयले गरेका उपलब्धि कुनै एक व्यक्तिका होइनन्, यो सम्पूर्ण टोलीको सामूहिक प्रयासको परिणाम हो।ूमन्त्रालयका सचिव डा। केदार वरालले मन्त्रीज्यूको भावी राजनितीक जिवनकालागि शुभकामना दिनु भयो । झण्डै एक वर्ष मन्त्रालयको अभिभावकत्व सफलताकापूर्वक गर्नु भएको आभार व्यक्त गर्नु भयो ।

तस्वीरमा कैद भएको सम्बन्ध
कार्यक्रम सकिएपछि हामीमन्त्रालयको प्राङ्गणतिर निस्कियौँ। सचिव डा। बरालले,ूअब एउटा सामूहिक फोटो खिचौँ।ूभन्नु भयो । पहिले सबै कर्मचारीसँग सामूहिक तस्वीर खिचियो। त्यसपछि ूहेटौडा फ्याक्टरू भन्दै हेटौडावासी कर्मचारीहरू छुट्टै भेला भएर निवर्तमान मन्त्री र सचिवालयसँग फोटो खिच्नु भयो। डिभिजन वन कार्यालयका प्रमुखहरू, भू तथा जलाधार व्यवस्थापन कार्यालयका टोली, मन्त्रालयका कर्मचारी र सचिवालयका सदस्यसँग पनि छुट्टाछुट्टै तस्वीर खिचियो।
त्यो बेला मन्त्रालयको प्राङ्गणमा कुनै औपचारिकता बाँकी थिएन। हाँसो, ठट्टा र सम्झनाले वातावरण भरिएको थियो। पदको अन्त्य हुँदै थियो, तर सम्बन्धहरू झन् बलियो बनेको अनुभूति भइरहेको थियो। ती तस्वीरहरू केवल फोटो थिएनन्, ३५१ दिनको सहकार्य र विश्वासका सजीव अभिलेख थिए।

झण्डा छोपेको
कार्यक्रम सकिएपछि भरतदाइ गाडीतर्फ लाग्नु भयो।बाहिर उही सरकारी गाडी उभिएको थियो, जसले नियमित रूपमा मन्त्रीको यात्रामा साथ दिएको थियो।तर यसपटक एउटा दृश्य फरक थियो।गाडीको अगाडिको राष्ट्रिय झण्डा छोपिएको थियो।केही घण्टाअघि मात्रै त्यो झण्डा अधिकार र जिम्मेवारीको प्रतीक थियो। अहिले भने त्यही झण्डा ओझेलमा परेको थियो।त्यो दृश्यले नै भनिरहेको थियो, राजनीतिमा पद र हैसियत स्थायी हुँदैन। पद सकिन्छ, तर जिम्मेवारीपूर्वक गरिएको कामको छाप भने रहिरहन्छ।

सलाम व्यक्तिलाई होइन, जिम्मेवारीलाई
भोलिपल्ट बिहान हामी काठमाडौं फर्कियौँ। गाडीमाभरत दाइ, हिमालजी, चालक श्यामजी र म सहित ४ जना थियौं। हिजैबाट झण्डा आजबाट सुरक्षाकर्मी अलग भैसकेको थियो ।केही पर पुगेपछि मैले हाँस्दै भनेँ, ूश्यामजी, अब बाटोमा सुरक्षाकर्मीले सलाम गर्दैनन् है१ू
गाडीभित्र हाँसो गुञ्जियो।तर त्यो सामान्य ठट्टाभित्र एउटा गहिरो सत्य लुकेको थियो। ३५१ दिनसम्म प्रहरी र नेपाली सेनाले झण्डा देखेर सलाम गरेका थिए। अब त्यो दृश्य हुँदैनथ्यो।त्यतिबेला महसुस भयो, सलाम व्यक्तिलाई होइन, जिम्मेवारीलाई गरिँदो रहेछ।

केहीबेरपछि मैले भरत दाइलाई सोधेँ,ूदाइ, यो कार्यकालमा सबैभन्दा गजब लागेको काम कुन भयो जस्तो लाग्छरुू
मुस्कुराउँदै भन्नुभयो, ूत्यस्तो गजबै भन्ने त केही भएजस्तो लाग्दैन। धेरै काम नियमित जिम्मेवारीभित्रकै थिए। सामुदायिक वनको कार्ययोजना नवीकरण पनि नियमित काम हो। वन ऐनको मस्यौदाले एउटा आधार तयार गर्योय होला। नीतिगत रूपमा केही गाँठा फुकाउने प्रयास भयो, त्यही हो।ू
उहाँको उत्तर सुन्दा फेरि एकपटक उहाँको नेतृत्व शैली सम्झिएँ। उपलब्धिलाई बढाइचढाइ गरेर प्रस्तुत गर्नु उहाँको स्वभाव थिएन।
मैले हिमालजीलाई पनि सोधेँ, ूतपाईंलाई सबैभन्दा ठूलो उपलब्धि के लाग्योरुूउहाँले बिना हिच्किचाहट भन्नुभयो, मेरो विचारमा वन ऐन संशोधनको प्रक्रिया नै सबैभन्दा महत्त्वपूर्ण हो। त्यो पारित भएको भए अझ राम्रो हुन्थ्यो, तर प्रदेश संसदसम्म पुग्नु पनि ठूलो उपलब्धि हो।
छोडेको छाप

गाडी आफ्नै गतिमा अघि बढिरहेको थियो। हाम्रो कुराकानी पनि त्यसैगरी अगाडि बढ्दै थियो। हामीले ३५१ दिनलाई फेरि एकपटक सम्झियौँ।
बागमती प्रदेशका ९३ प्रतिशत सामुदायिक वन कार्ययोजनायुक्त बने। वन तथा वातावरण ऐन संशोधनको विधेयक प्रदेश संसदमा दर्ता भयो। दिगो वन व्यवस्थापनबाट ४१ लाख ८२ हजार क्युबिक फिटभन्दा बढी काठ उत्पादन भयो। मूल्य अभिवृद्धि करमार्फत २५ करोड रुपैयाँभन्दा बढी राजस्व नेपाल सरकारमा सङ्कलन भयो।स्थानीय तहलाइसामुदायिक वनले काठ बिक्रीबाट दुई करोड ३८ लाख रुपैयाँभन्दा बढी आम्दानी गराए । प्रदेश सरकारले ४३ करोड रुपैयाँभन्दा बढी काठबाट राजस्व प्राप्त गर्यो । वन क्षेत्रमा भएका कार्यक्रमबाट १४ लाख ३७ हजारभन्दा बढी श्रमदिन बराबरको रोजगारी सिर्जना भयो। वन डढेलोका घटनामा उल्लेखनीय कमी आयो। एकिकृत जलाधार रवन क्षेत्रका सवाल सम्वोधन हुने गरी वजेट विनियोजन भयो । बजेट कार्यान्वयनमा पनि वन मन्त्रालयको ८२ प्रतिशत भयो जुन प्रदेश सरकारकै सन्तोषजनक उपलब्धिमध्ये एक रह्यो।

यी तथ्याङ्कभन्दा पनि महत्त्वपूर्ण कुरा नीतिगत सुधारका प्रयास थिए। सामुदायिक वनमा युवाको प्रतिनिधित्व, कबुलियती वनलाई पुनः प्राथमिकतामा ल्याउने प्रयास र वन क्षेत्रलाई हरित अर्थतन्त्रसँग जोड्ने सोचले नयाँ बहसको सुरुवात गर्योक।
सबै लक्ष्य पूरा भएनन्। केही सोच अधुरा रहे।सामुदायिक वनहरूमा मितेरी सम्वन्ध गाँस्नेसम्वन्धी कार्यविधि वनाइ लागु गर्न बाँकी भयो ।जलाधार गुरूयोजना र कानून वनाउन वाँकी छ । बजेटमा राखिएको छ ।अर्को सरकारले पूरा गर्नुपर्ने कार्यभार रह्यो।तर एउटा कुरा भने निर्धक्क भन्न सकिन्छ,यो ३५१ दिन केवल मन्त्रालय सञ्चालनको अवधि थिएन। यो वन क्षेत्रका दीर्घकालीन सुधारको आधार तयार गर्ने समय थियो।

मेरो मनमा सबैभन्दा गहिरो छाप भने विदाइ कार्यक्रममा कर्मचारीहरूले व्यक्त गरेका शब्दहरूले छोडे।ूकाम गर्न सहज वातावरण थियोू, ूदबाब महसुस गर्नुपरेनू, ूनीतिगत काम अघि बढ्योू—यी वाक्य कुनै औपचारिक प्रशंसा थिएनन्, त्यो कार्यशैलीको मूल्याङ्कन थियो।
काठमाडौं नजिकिँदै थियो। हामी फेरि आफ्नै दैनिकीमा फर्कँदै थियौं।भरत दाइ अब पूर्वमन्त्री हुनुहुन्थ्यो।तर पछाडि फर्केर हेर्दा एउटा सन्तोष भने थियो।३५१ दिनको त्यो यात्रा केवल पदमा बिताएको समय थिएन।त्यो वन क्षेत्रका केही नीतिगत गाँठा फुकाउने प्रयास, केही नयाँ माइलस्टोन तयर जिम्मेवारी पूरा गर्ने सङ्कल्पसहितकोइमानदार यात्रा थियो।राजनीतिमा पद अस्थायी हुन्छ। तर इमानदारीपूर्वक गरिएको काम र त्यसले छोड्ने छाप भने धेरै लामो बाँचिरहन्छ।पूर्व मन्त्री भरतदाइलाइ थप राजनीतिक जिवनको शुभकामना ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *