सत्र जना एकातिर एमाले एक्लै

राजनीति समाचार

काठमाडौं । एमालेमा योगदान र पार्टीमा गरेको लगानी गणना हुन छाडेको छ।वागमती प्रदेश सरकार निर्माणमा राप्रपालाई साथ लिँंदा सत्ता सहजै प्राप्त हुन्छ भन्दैअध्यक्ष केपी ओलीका विश्वास प्राप्तमहेश बस्नेतले किरण थापालाई मुख्यमन्त्री बनाउन सुझाए। अघिल्लो दिनसम्मअध्यक्षलाई महासचिव शंकर पोख्रेल रउपाध्यक्ष विष्णु पौडलले एमालेले पाएकाप्रदेशमा जहाँ एमालेका मुख्यमन्त्री छन् तीनैलाई निरन्तरता दिने अडान लिँदा अध्यक्षलेसहमति जनाएका थिए । कोशीमा हिक्मत कार्की र लुम्बीनीमा चेत नारायण आचार्यले त्यही पदमा रहने कुरा भयो । तर एकाएक फेरी अध्यक्षको कुरा उल्टियो । राप्रपाले एमालेलाई पत्याएनन् ।

अध्यक्षले कोशीमा कार्कीविरुद्ध तिल कुमार नेम्वाङलाई अगाडी सार्न शेरधनराईमार्फत पहल गरे ।त्यहाँ पार्टीभित्रै विवाद छ। वाग्मतिमा दलका नेता जगन्नाथ थपलियालाई मुख्यमन्त्री बन्न नदिन पूर्वपञ्चबाट एमाले बनेर लगानी गरेकाकिरण थापालाई अगाडी सारिए । थापा मुख्यमन्त्री बन्दा राप्रपाले सभामुखसहित २ मन्त्री लिएरसरकारमा सहभागी हुने भ्रम अध्यक्षओलीमा चुलियो । त्यो सत्य थिएन । संस्थागत रुपमा राप्रपाले मानेको थिएन ।

एमालेका १७ सांसद र अध्यक्ष ओली, सचिव महेश बस्नेतको खप्की गुन्डुमा थपलियाले सहेका हुन् । ५० वर्ष एमालेको राजनीति गर्दा थपलिया ओलीकै भक्त थिए । तर अवसर आउँदा हिजो डा. लाक्र्याल लामालाई ३५ लाख लिएर अर्थराज्य मन्त्री बनाए जस्तै थपलियामाथि भयो । लामालेएमाले बन्दा ३५लाख खर्च गरेका थिए । उनी एमालवाट माओवादी भएरलुम्वीनी विकास कोषको उपाध्यक्षा समेत भए । यही स्थितिमाकिरण थापासँग जोडिँदा पुराना हर्ताकर्ता कार्यकर्ताप्रति अध्यक्ष ओली सकारात्मक थिएनन् । सबैले ‘बा’ कोउपमा दिएर फाइँदा लिएको अवस्थामा ओली कै हवेली निर्माणमा थापाले सघाउने सर्तमा मुख्यमन्त्री दिनेतयारी थियो ।

त्यसको डिजाइन गर्ने पार्टी सचिव महेश बस्नेत थिए । अध्यक्ष नै किरण थापाको पक्षमा भएपछि थपलियाहतास हुनु स्वभाविक थियो । तर, अहिले राप्रपा निर्णायक भएको बागमतीमा कांग्रेसलाई चिठ्ठा प¥यो । ‘मुखले रामराम बगलीमा छुरा’भने झैं एमालेमा भएको छ । शासन प्रदेशतिर भन्ने तर व्यावहारमा सबैतिर केन्द्रको हस्तक्षेप देखिने गरी एमालेजस्तो वामपन्थी शक्ति अगाडि बढेको छ । प्रदेशमा एमालेले माओबादीतर्फ राप्रपासँग वर्ग गठवन्धनले सरकार बन्ने कुरालाई हालाछाप लगाएको थियो । तर अध्यक्ष नै सत्ता प्रतिस्पर्धा भन्दा सहकार्यमा जान नसकेर यस्तो विवादले स्थान पाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *