प्रदेशको सत्ता अस्थिरताको जडको ?

राजनीति समाचार

काठमाडांै । हामी दुई मिलेपछि देश चन्द्रमामा पुग्छ भन्दै फूर्केर वामपन्थी शक्तिलाई छिन्न भिन्न बनाएर जनताका आवाज दवाउन खोज्दा गुमेको पद र कुर्सी नफर्किए पनि प्रदेशमा शक्ति प्रदर्शन गरिँदै छ। मधेसमा सर्वपक्षीय सरकारको नेतृत्व कांग्रेसले गरेको छ । जसपा र जनमतले मुख्य मन्त्री पाएपनि आन्तरिक कलहले टिकाउन नसक्दा कांग्रेसले मुख्यमन्त्री पाएको हो ।

यता कोशी, लुम्बीनी र कर्णालीमा एमालेले मुख्यमन्त्री पाउँदा कांग्रेसलेवागमती गण्डकी र सुदुरपश्चिम नेतृत्व गरी रहेकै छ । एमाले र नेकपा सहमति हुँदा वाग्मती र गण्डकी वाहेकका प्रदेशमा वामपन्थी सरकार बन्छ । तर एमालेले वागमतीमा पुरानालाई लत्याएर ठेकेदार अगाडी सार्ने कोसिसमा पार्टी सचिवलाई मुख्य मन्त्रीबाट हटाएर संसदीय दलका उपनेतालाई अगाडी सार्न खोज्दा अरु प्रदेश समेत अन्यौलमा परेका छन् ।
कर्णालीमा माओवादीले मुख्यमन्त्री लिइसके । सरकारले पूर्णता पाउन एमालेको आन्तरिक कलह अस्थिरताको जड बन्दैछ ।

सुदूरपश्चिम माओवादीको भागमा परेको छ। त्यहाँ एमाले माओवादीलाई वहुमन पु¥याउन कठिन थिएन । तर, एमाले मन्त्रीहरुले मुख्यमन्त्रीको राजीनामा मागेका छन् । आफू हटेका छैनन् । लुम्बीनीमा काग्रेसले मन्त्री फिर्ता बोलायो । एमालेकाचेतनारायण आचार्य मुख्यमन्त्री छन् । केन्द्रले कोशी र बागमतीको रडाकोमा फस्दा माओवादीका मन्त्री सत्तामा प्रवेश पाएका छैनन् ।

समस्या केद्रमा छ । प्रदेशलाई प्रादेशिकअधिकार नदिने जडसूत्रवादी नेताहरुको हैकमले प्रदेशका सरकारहरु अस्थिर भएका छन् । संघमा प्रदेशबारेमा कठोर चरित्रको नेतृत्व छ। हिजो स्वार्थका लागि कठोर नेता हरुले सरकारको नेतृत्व लिए। आज त्यस्तै प्रवृत्ति हावी छ । व्यवस्थाको सुद्धीकरण संघियताको मर्मतर्फ चासो छैन । कुर्सी, पद गुटवाद र घमण्ड कम्युनिष्टहरूको अन्तिम लक्ष्य बनेको वेला प्रदेशमा सम्भव हुने ठाउँमा समेत सरकार निर्माणमा ढिलाई हुनु विडम्वना हो । एमाले अध्यक्षले पार्टीमा आफ्नो विकल्प खोज्नेकाविरुद्ध चालेको कदम प्रदेशमा अस्थिरताको जड भएको छ । अध्यक्षका योजना सफल हुन्थे भने विकल्प खोज्नेहरुको सेखी झथ्र्योे । तर, सोचेअनुसार भएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *