काठमाडौं । नेपाल निजामती कर्मचारीले संगठनले १२ अधिवेशन सम्पन्न गरेसँगै नेपाली कांग्रेस निकट कर्मचारीहरुको संगठन नेपाल निजामती कर्मचारी युनियनले पनि आगामी वैशाख ४ देखि ६ गतेसम्ममा ९औं अधिवेशन सम्पन्न गर्ने मिति तय गरेको थियो । हुन त नेपाल निजामती कर्मचारी युनियनले आगामी चैतभित्रै अधिवेशन गर्ने भनेको थियो ।
तर, कांग्रेस पार्टी र कर्मचारी युनियनभित्रको विवादले वैशाखमा गर्ने भनेर सारिएको थियो । त्यो विवादले आगामी वैशाखमा पनि अधिवेशन हुने नहुने निश्चि भएको छैन । ९औं अधिवेशनको लागि कर्मचारी युनियनका वरिष्ठ उपाध्यक्ष उत्तम कटवाल, उपाध्यक्ष यज्ञ वली र महासचिव जनक रावलले भावी अध्यक्षको दावी गरिराखेका छन् । तर, जनक रावलले आफ्नो टिम नपुग्ने भएपछि अधिवेशन नै भाड्नको लागि विभिन्न बहाना बनाएर अदालतमा मुद्दा दायर गरेका छन् ।
सो मुद्दाको सुनुवाई यहीं फागुन १८ हुँदै छ । त्यो सुनुवाईले कस्तो फैसाल गर्छ त्यसमा अधिवेशन निर्भर हुने देखिन्छ । उता अर्का उपाध्यक्ष पूर्ण गुरुङलाई कहाँ सेट गर्ने भन्ने विवाद पनि त्यत्तिकै छ । खासगरी माउ पार्टी कांग्रेसभित्रको संस्थापन पक्ष र इतर पक्षबीचको लडाँइले गर्दा पनि भ्रातृ तथा सुभेच्छुक संघ, संस्थाभित्र विभिन्न विवादहरु उत्पन्न भइरहेका छन् । कांग्रेसभित्रको त्यो विवादले नेपाल निजामती कर्मचारी युनियन पनि अछुतो रहन सकेन ।
देशका ठूला राजनीतिक दल एमाले र कांग्रेस निकट कर्मचारीहरु आ–आफ्नो संघ संगठनको अधिवेशन र पदको झगडामा अल्झिइरहने प्रतिपक्षी दल निकट कर्मचारीहरु भ्रष्टाचारमा लिप्त भइरहने कारणले गर्दा सेवाग्राहीका काम अलपत्र परिराखेका छन् । उता, एमाले र कांग्रेस निकट कर्मचारीहरु निजामती कर्मचारीको अधिवेशनको नाममा कमाउधन्दा चलाइरहेका छन् । कर्मचारी संघ, संगठनका नेताहरु भने सरकारको हितमा काम गर्नुको सट्टा आ–आफ्नो सुविधाको माग राखिरहेका छन् । कर्मचारीका नेताहरुले उमेरभरि जागिर खाने र बाचुन्जेल पेन्सन खाने कर्मचारीले सबै क्षेत्रका सेवासुविधा निःशुल्क पाउनुपर्ने भन्दै माग राख्ने गरेको छ । यदि कर्मचारी र नेताले मात्रै देशको सम्पूर्ण सेवासुविधा लिने हो भने सर्वसाधारण जनताले के पाउने ?