काठमाडौं । रमेश लेखक गृहमन्त्री भएको पनि सात महिना बितिसकेको छ । आफ्नो कार्यकालको सात महिना बितिसक्दा गृहमन्त्री लेखकले गृहप्रशासन राम्रोसँग सञ्चालन गर्न सकेका छैनन् । उल्टै विभिन्न विवादित काण्डमा मुछिँदै आएका छन् । प्रहरी प्रशासनलाई चलायमान बनाउन पनि सकेका छैनन् । गृहमन्त्री लेखक र सचिव गोकमणि दुवाडीबीच समन्वयकारी भूमिका नहुँदा प्रहरी प्रशासननै विवादित बन्दै गएको छ । सशस्त्र प्रहरी बलभित्र पनि सिनियरलाई पछि पारेर जुनिएरलाई अगाडि बढाएपछि सरुवा, बढुवा रोकिन पुगेको छ । नेपाल प्रहरीभित्र पनि आईजीपी वस्त कुँवरको कारण संगठन चलायमान हुन सकेको छैन ।
आईजीपी कुँवरको जागिरे अवधि पनि सकिन लागेको छ । भावी आईजीपी को बन्ने भन्ने अहिलेसम्म निश्चि भएको छै्रन । उता अध्यागमन कार्यालयमा दिनहुजसो सेटिङ मिलाएर विचौलिया, प्रहरी, कर्मचारी र म्यानपावर व्यवसायीहरुले सेटिङ मिलाएर युवायुवतीहरुलाई अवैध ढंगले विभिन्न खाडी मुलुकमा पठाउने धन्दा चलिरहेको छ । विगत लामो समयदेखि एयरपार्टमा यस्तो धन्दा चलिरहँदा गृहमन्त्री लेखक बेखर बनेर बसिरहेका छन् ।
त्यसैगरी एयरपोर्ट अध्यागमन कार्यालयका कर्मृचारी र गृहमन्त्रालयका कर्मचारीहरु सह–सचिव छवि रिजाल, उप–सहिव बद्री तिवारी, धर्मराज जोशी, उनी पूर्व गृहमन्त्रीका स्वकीय सचिव पनि थिए । अन्य कर्मचारीमा यज्ञराज आचार्य र लक्ष्मी भुसाललगायतको सेटिङमा बहराइन, कुवेत, ओमान, क्रोसिया जस्ता देशहरुमा नेपाली युवायुवतीलाई देश हेरी दुई लाखदेखि पाँच लाखसम्म असुलेर पठाउने गरिएको स्रोतको दावी छ । यो समाचार पटक–पटक तामाकोशी सन्देश साप्ताहिकले सम्प्रेषण गरे तापनि त्यसको सुनुवाई नभएको स्रोतको भनाइ छ ।