सामाजिक सञ्जाल कति उचित, कति अनुचित

राजनीति समाचार

‘जहाँ विकास त्यहाँ विनास’ भनेजस्तै पछिल्लो समय सामाजिक सञ्जाल युटुब, फेसबुक, टिकट, इन्स्ट्राग्राम र एआईको प्रयोगले संसारलाई एकैठाउँमा ल्याएको छ । विकसित मलुकहरुले यी सामाजिक सञ्जालमार्फत् व्यापार, व्यवसाय बढाउने, उत्पादन बढाउने र आन्तरिक रोजगारी सिर्जना गर्ने काम गरेका छन् । जहाँ अनउत्पादितकाममा सामाजिक सञ्जालको प्रयोग गर्न रोक लगाइएको हुन्छ । कतिपय विकसित मुलुकहरुले कार्यालय समयमा फेसबुक, इन्स्ट्राग्राम, टिकटकजस्ता सामाजिक सञ्जाल चलाउन प्रतिबन्द लगाएका छन् । त्यस्ता मुलुकहरुमा बिदाका दिन र कार्यालय समयपछि मात्रै सामाजिक सञ्जाल चलाउन पाइन्छ त्यो पनि काम गर्ने माध्यमको रुपमा ।

तर, नेपालमा भने मन्त्री, सांसद, कर्मचारी, शिक्षक, विद्यार्थी, सुरक्षाकर्मी, कलाकार, पत्रकार, जेष्ठ नागरिक, बालबालिका, गृहणी महिला, व्यापारी, किसान, मजदूरलगायत सर्वसाधारणहरु युटुब, टिकट, फेसबुकजस्ता सामाजिक सञ्जालमा आफ्नो सम्पूर्ण काम छोडेर अव्यस्त हुने गरेका छन् । अझ पछिल्लो समय सामाजिक सञ्जालकै कारण सरकार गिराउने, चुनावका बेला सर्वसाधारणमा ‘अल्गोरिद’ फैलाएर भ्रम सिर्जना गरी जनमत आफ्नो पक्षमा पार्ने काम भएको छ । त्यसले पार्टी फुटाउने, झुठा प्रचारवाजी गरी समाजलाई नकारात्मक दिशातिर उन्मुख गराउनेजस्ता काम सामाजिक सञ्जालले गरिरहेको छ ।

समाजका सबै तह, तप्कामा सामाजिक सञ्जालको प्रभाव बढेपछि विद्यार्थीहरु पढ्नुको सट्टा त्यसमा अव्यस्त हुने, पढाइदेखि गृहकार्यसम्म सामाजिक सञ्जाल एआईको सहाराबाट गर्ने गर्दछन् । अझ युटुब र फेसबुकमा भिउज कमाउने नाममा विभिन्न अपराधजन्य घटना, अश्लिल दृश्य, दुर्घटनाका दर्दानक दृश्य, फोटो, भिडियो, चितामा लाश जलाएको भियो, वृद्धबृद्धा हजुर बाबु, हजुरआमासँग बालबालिकाले बनाएको उत्पट्याङ भिडियो, नवजात बालिकालाई बालात्कार गरी मृत्युवरण गराएका भिडियो र फोटोहरु सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेर बालमनोविज्ञानमाथि नकारात्मक प्रभाव पार्ने काम बढिरहेको छ । त्यस्ता दृश्यले बालबालिका र किशोर किशोरीमा आपराधिक मानसिकता ढाइरहेको छ । नवजात बालिकाहरु बलात्कारदेखि मृत्युवरणसम्मको शिकार हुने गरेका छन् । त्यसको प्रभावले गर्दा पछिल्लो समय अपराधका घटनाहरु व्यापक हुँदै गएका छन् ।

तर, सरकार भने त्यस्ता सम्वेदनशील विषयमा गम्भीर हुन सकेको छैन । दोषीलाई कडाभन्दा कडा कारबाही गरेर यस्ता घटनाबाट सचेत गराउनुपर्नेमा उल्टै पीडितलाई विभिन्न प्रलोभन देखाएर घटनालाई सामसुम बनाएर अपराधीलाई प्रोत्सान दिने काम गरेको देखिन्छ । यसो भनिरहँदा सामाजिक सञ्जालले नकारात्मक सन्देश मात्रै दिन्छ भन्न खोजिएको होइन । तर, कस्तो कामको लागि सामाजिक सञ्जाल प्रयोग गर्नुपर्छ भन्ने हेक्का सरकारका सम्बन्धित निकायमा हुन जरुरी छ । त्यसको लागि सरकारले सामाजिक सञ्जाल प्रयोगकर्तालाई सकारात्मक कामको लागि मात्र प्रयोग गर्न सचेत गराउनुपर्ने हुन्छ । सामाजिक सञ्जालबाट नकारात्मक भ्रम सिर्जना गरेर राष्ट्र, राष्ट्रियता, धर्म, संस्कार, संस्कृति र वैयत्तिक स्वतन्त्रतामाथि आँच पु¥याउने काम गर्नेलाई पहिचान गरी कडा कारबाहीको दायरामा ल्याउन जरुरी छ । यदि सरकारले त्यो गर्न नसकेको खण्डमा भविष्यमा झन् सामाजिक सञ्जालबाट समाजमा आपराधिक घटना बढ्ने र राष्ट्रियता नै खतरामा पर्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *