काठमाडौं । दम्ब र अहंकार भद्रगोल र व्यथितिबाट चम्केर एक्लै कुदेको रास्वपा नेतृत्व बालेन्द्र सरकारले बाढीपिडीतको उद्दारमा असफल भएपछि बल्ल हात उठायो । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले सकेको गरेका छन् । सिंंहदरबारले देशका हेलिकप्टर कब्जा ग¥यो । बालेनका मन्त्री र सांसद हेलिकप्टर चढे, सेल्फी खिचे । घरभित्र थुनिएका नागरिकको समयमा उद्दार भएन । विद्युत उत्पादक उर्जा कम्पनीहरुलाई वास्ता भएन ।
जनप्रतिनिधिले हारगुहार माग्दा गृहमन्त्री र प्रधानमन्त्रीको सचिवालयबाट धम्की दिइयो । मेरो श्रीमान हाइड्रोपावरको टनेलभित्र हुनुहुन्छ उद्दार गरिपाऊँ भन्ने महिलामाथि बालेन्द्रका समर्थकहरुले मनपरी गालीगलौज र अश्लिल शब्द लेखेका छन् । मानवीयता नभएका अराजक फण्डावालाहरुको शासनमा जनताले राहात पाउन सकेनन् । मन्त्रीका आमाबाबुलाई लिन तिब्बतसम्म हेलिकप्टर पुग्यो तर नुवाकोटको सीमा क्षेत्र बेत्रावतिमा एउटै घरमा २४ जना थुनिएकाहरुको उद्दार गरौं भन्ने आवाजको सुनुवाई भएन ।
सडकको आन्दोलनमा पानी बाँडेजस्तो लेदोले ढाकेको सुरुङको मुखसम्म गृहमन्त्री पुगेर गर्न खोजेको उद्दार काम लागेन । खराने समूहले गत वर्ष आजकै दिन सिंहदरबार पोलेको हो । गौरीबहादुर कार्की आयोगको रिपोर्टमा प्रधानमन्त्री, पार्टी सभापतिदेखि मन्त्री र सांसदहरुकोसम्म नाम छ । तर, अपराधमा काबिल दुई तिहाईको सरकारले आयोगले डामेकाहरुलाई कारबाही नगर्ने फरमान जारी गरेको धेरै भइसकेको छ ।
आफूलाई अब्बल दावी गरेका प्रधानमन्त्रीमा नैतिकता हुन्थ्यो, राजनीति चेतना हुन्थ्यो भने जतिसुकै बद्नाम भए तापनि पूर्वप्रकानमन्त्रीहरुसँग संयुक्त परामर्श लिएर भाद्र ११ बाट जनताका प्रतिनिधि मार्फत राहत र उद्दारसँगै अगाडि बढाउने आँट आउँथ्यो । जिल्लाका सिडिओ, प्रहरी र सशस्त्रको भर पर्दा घरमा थुनिएकाहरु पनि गए । विद्युतीय टनेलभित्र थुनिएकाहरु बाँच्ने अवस्था भएन । सरकारले घटना घटेको सात दिनमा हात उठायो । जलवायु परिवर्तनलाई दोष दिएर आफ्नै गाउँठाउको भूगोलमा बसेका जनप्रतिनिधिहरुमाथि विश्वास नगर्दा रास्वपाको जान्नेलाई छान्ने अभियान पनि चकनाचुर भएको छ ।

