बजारमाकृतिम अभाव सिर्जना गरेर व्यापारीहरुले आफूखुसी मूल्यवृद्धि गरिरहेका छन् । सर्वसाधारणको दैनिकीसँग जोडिएका खाद्यान्न, खानापकाउने ग्याँस, लत्ताकपडालगायत सम्पूर्ण सामानमा मूल्यवृद्धि हुँदा सरकार बेखबर बनिरहेको छ । रास्वपा सरकार बनेदेखि व्यापारीहरुले कृतिम अभाव सिर्जना गरेर कालाबजारी गरिरहेका छन् । रुस र युक्रेन युद्धका कारण पेट्रोलियम पद्धार्थमा अन्तर्राष्ट्रिय मूल्यवृद्धिको कारण देखाएर खाना पकाउने ग्याँस धाला सिलिन्डर वितरण गरेर कालोबजारीलाई प्रसय दिने काम भएको थियो । त्योसँगै पेट्रोलियम पद्धार्थको मूल्यबृद्धिलाई देखाएर सवारी भाडा वृद्धि गरिएको थियो ।
सवारी साधनको भाडावृद्धिको बहानामा खाद्यान्नलगायत सम्पूर्ण सामग्रीको मृल्यबृद्धि गरियो । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पद्धार्थको मूल्य घट्दा पनि सवारी भाडा पहिलाकै दरमा असुलिरहेका छन् । त्यसमा सरकारले ध्यान दिएको छैन । खानापकाउने ग्यास सहज भएको भन्दै फुल सिलिन्डर वितरण गर्ने नाममा झन् कृतिम अभाव सिर्जना गरेर आमउपभोक्तामाझ हाहाकार फैलाउने काम भइरहेको छ । अझ भोटेकोशी बाढीले सडक क्षतिग्रस्त भएर यातायात सञ्चालन गर्न नसकेको बहानामा झन् कालाबजोरी बढेको छ । सरकारले बजार अनुगमन गरे तापनि त्यसको अनुभूति सर्वसाधारणले गर्न पाएका छैनन् ।
चाडपर्व नजिकिएसँगै खाद्यान्नलगायत सम्पूर्ण वस्तुको मूल्य आकासिएको छ । भोटेकोशी बाढीका कारण उत्तरी नाका बन्द भएपछि झन् महंगीले सर्वसाधारणको ढाड सेकेको छ । तातोपान नाका र रसुवा नाका बन्द भएपछि नेपाली जनताले झन् महंगीको मार खेप्नुपर्ने भएको छ । चाडपर्वको मुखमा चीनले तातोपानी, रसुवालगायत अन्य वैकल्पिक नाकाहरु बन्दहुँदा व्यापारीहरु पनि चौपट हुने भएका छन् । चीनबाट खाद्यान्नलगयात सवारी साधनदेखि लत्ताकपडा र विद्युतीय सामग्रीहरु ठूलो मात्रामा नेपालभित्रिने गरेको थियो ।
तर, वाढीपहिरोको कारण देखाएर चीनलेतोतोपानी नाकाबन्द गरेपछि ती सामानहरु नेपालमा अभाव हुने भएका छन्ब । तातोपानी र केरुङ नाकाबन्द भएपछि व्यापारीहरुले त्यसको फाइदा उठाउँदै हरेक सामानमा मूल्यवृद्धि गरिरहेका छन् । तर, सरकारले दिनप्रतिदिन बजार अनुगमन गर्ने भने तापनि त्यसको प्रतिफल सर्वसाधारणले पाउन सकेका छैनन् । अझ चाडवाड नजिकिएसँगै हरेक सामानको मूल्यवृद्धि भएपछि सर्वसाधारणलाई आवश्यक सामान खरिद गर्न समस्या परिरहेको छ । तर, सरकारले यस्ता जल्दाबल्दा समस्या समाधानमा कुनै पहल गरेको देखिँदैन ।
उता, राजनीतिक दलहरुले पनि जनताका जल्दाबल्दा समस्या समाधान गर्न कुनै पहल गरेका छैनन् । उल्टै राजनीतिक खिचातानीमा अल्झिएर महंगी र अभावलाई मलजल पुग्ने काम गरिरहेको देखिन्छ । किन कि राजनीतिक दलहरुले महंगी र कालाबजारीको विरोध गर्न सकेका छैनन् । सर्वसाधारण जनताले महंगीको विरोध गर्दा रास्वपाका सांसद र मन्त्रीहरु ओठे जवाफ दिएर पन्छिने गर्दछन् । मन्त्री र सांसदहरुको सिको गर्दै उच्च पदस्थ कर्मचारीहरुले पनि महंगी र कालाबजारीलाई प्रोत्साहन दिने गरी ओठे जवाफ फर्काउने काम गरिरहेका छन् । खानापकाउने ग्याँसको मूल्यवृद्धिको विरोध हुँदा १७ सय रुपैयाँमा मासु किनेर खान सक्नेले ग्याँसमा १ सय रुपैयाँकिन बढी तिर्न नसक्ने भन्दै ओठे जवाफ दिएर पन्छिने गरेका छन् । त्यसले गर्दा सरकारका सम्बन्धित निकाय र कर्मचारीले मूल्यवृद्धिलाई बढावा दिएको प्रष्ट हुन्छ ।

