विरोध प्रदर्शनमा उत्रिएका नेविसंघका नेता तथा कार्यकर्ता पक्राउ,शान्तिपूर्ण विरोध प्रदर्शनका क्रममा प्रहरीको हस्तक्षेप

शिक्षा/स्वास्थ समाचार

काठमाडौं । विरोध प्रदर्शनमा उत्रिएका नेपाल विद्यार्थी संघ (नेविसंघ)का नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

विभिन्न ठाउँमा प्रदर्शनमा उत्रिएका नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो । नेविसंघले पक्राउको विरोध गरेको छ । तत्काल पक्राउ परेकाहरूलाई रिहाइ गर्न समेत माग गरेको छ। नेपाल कमर्श क्याम्पसमा विभिन्न शैक्षिक माग राख्दै गरिएको शान्तिपूर्ण विरोध प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गरी दर्जनौं विद्यार्थी नेताहरूलाई पक्राउ गरेको घटनाप्रति नेविसंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

निःशुल्क, समान र वैज्ञानिक शिक्षा सहित जनपक्षीय शिक्षा ऐन जारी गर्न दबाब दिने उद्देश्यले अखिल क्रान्तिकारीले आज बिहान १० बजेदेखि माइतीघरमा भेला भएर प्रदर्शन गर्ने कार्यक्रम तय गरेको थियो ।

पूर्वनिर्धारित कार्यक्रम अनुसार उनीहरु माइतीघरदेखि नयाँबानेश्वरसम्म पुग्ने योजना थियो । तर प्रहरीले माइतीघर क्षेत्रबाटै नियन्त्रणमा लिन सुरु गरेपछि अन्यले प्रहरी प्रशासन विरुद्ध नारा लगाइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *