भोला खतिवडा
नेपालमा सरकारी सेवा प्रवाह गर्ने दिन घट्दै छ । हाम्रा सांस्कतिक चाडहरू धेरैमा विदा दिने चलन छ ।सार्वजनिक बिदा आराम, संस्कृति र चाडपर्वका लागि आवश्यक भए पनि यसको संख्या, उद्देश्य र प्रभावबारे पुनर्विचार गर्ने बेला भएको छ। दिवस मनाउने नाममा कार्यालय बन्द गर्नु र समुदाय विशेषका पर्वमा सबैलाई बिदा दिनु नै सम्मानको एकमात्र उपाय होइन। बिदाले कर्मचारीलाई आराम दिए पनि उत्पादन, सेवा प्रवाह र दैनिक ज्यालादारीमा असर पर्न सक्छ। त्यसैले बिदाको मूल्यांकन कर्मचारीले पाएको आरामबाट मात्र होइन, देशले गुमाएको काम र प्राप्त गरेको लाभबाट पनि गर्नुपर्छ। दिवसलाई काम रोक्ने होइन, अझ राम्रो काम गर्ने अवसर बनाऔँ। सार्वजनिक बिदा घटाउनेभन्दा पनि विवेकपूर्ण बनाऔँ। अन्ततः नागरिकको मन जित्ने बिदाले होइन, प्रभावकारी कामले हो।
विदा दिंदा सेवा बढ्छ ?
भाद्र १९ गते कृष्णाष्टमीको बिदा। २० र २१ गते शनिबार र आइतबार नियमित बिदा। भाद्र २२ गते बाढीको शोक मनाउने भन्दै सार्वजनिक बिदा दिने हल्ला चल्यो। पछि बिदा नदिने भनियो। २३ गते जेनजी दिवसका अवसरमा नेपालभर सार्वजनिक बिदा दिने सरकारको निर्णय भयो।
भदौ महिनामा मात्रै १० दिन सार्वजनिक बिदा परेको थियो। कतिपय स्थानीय तह वा प्रदेश तहले थप बिदा दिने गरेका पनि छन्।एकपछि अर्को बिदा थपिँदै जाँदा एउटा सामान्य प्रश्न उठ्छ, हामीलाई लगातार यति धेरै बिदा वास्तवमै आवश्यक छ ?
कुनै खुसीको घटना भयो, बिदा। कुनै दुःखद घटना भयो, बिदा। कुनै दिवस आयो, बिदा। कुनै पर्व आयो, बिदा। कतैबाट माग आयो, बिदा।के राज्यले नागरिकप्रतिको आफ्नो जिम्मेवारी पूरा गर्ने सबैभन्दा सजिलो तरिका बिदा घोषणा गर्नु हो ?
बिदा खराब कुरा होइन।आवश्यक हुन्छ । मानिसलाई आराम चाहिन्छ। परिवारका लागि समय चाहिन्छ। चाडपर्व र संस्कृतिको संरक्षणका लागि समय चाहिन्छ। लामो समय निरन्तर काम गर्दा उत्पादकत्वमा पनि असर पर्न सक्छ।तर प्रश्न बिदा चाहिन्छ कि चाहिँदैन भन्ने होइन। प्रश्न हो, कति बिदा चाहिन्छ, किन चाहिन्छ र त्यसको मूल्य कति पर्छ ?
एउटा सरकारी कार्यालय बन्द हुँदा त्यसको असर त्यहाँका कर्मचारीको आराममा मात्र पर्दैन। सेवाग्राहीको काम रोकिन्छ। उद्योगको उत्पादन रोकिन सक्छ। निर्माणको काम प्रभावित हुन सक्छ। दैनिक ज्यालादारीमा काम गर्नेले एक दिनको आम्दानी गुमाउन सक्छ।
त्यसैले सार्वजनिक बिदाको हिसाब कर्मचारीले कति आराम पाए भनेर मात्र होइन, देशले कति काम गुमायो भनेर पनि गर्नुपर्छ।
दिवसको सम्मान कार्यालय बन्द गरेर हुन्छ ?
शहीद दिवस, लोकतन्त्र दिवस, गणतन्त्र दिवस, राष्ट्रिय एकता दिवस र संविधान दिवस हाम्रा महत्वपूर्ण ऐतिहासिक दिन हुन्। यी दिवस मनाउनुपर्छ। तर दिवस मनाउनुको अर्थ कार्यालय बन्द गर्नु नै हो ररु
शहीद दिवसमा कार्यालय बन्द गरेर शहीदको सम्मान हुँदैन। शहीदले देखाएको बाटोमा इमानदारीपूर्वक काम गरेर, देश र जनताको हितमा योगदान दिएर सम्मान हुन्छ।संविधान दिवसमा कार्यालय बन्द गरेर संविधानको सम्मान हुँदैन। संविधानका मूल भावना, नागरिक अधिकार र राज्यको दायित्वबारे छलफल गरेर तथा आफ्नो जिम्मेवारी संविधानअनुसार पूरा गरेर संविधानको सम्मान हुन्छ।
दिवसमा काम रोक्ने होइन, अझ राम्रो काम गर्ने परम्परा बसाल्न सकिँदैनरुशहीद दिवसमा एउटा कार्यालयले जनताको एउटा अतिरिक्त काम गरिदियो भने त्यो शहीदप्रतिको सम्मान होइन ररु संविधान दिवसमा कुनै कर्मचारीले सेवाग्राहीको काम समयभन्दा छिटो सम्पन्न गरिदियो भने त्यो संविधानप्रतिको सम्मान होइन र ?
सबै पर्वमा सबैलाई बिदा किन ?
नेपाल विविध जाति, भाषा, धर्म र संस्कृतिको देश हो। सबै समुदायका पर्वको सम्मान हुनुपर्छ। तर समुदाय विशेषका हरेक पर्वमा देशभरका सबै नागरिकलाई बिदा दिनु नै संस्कृतिको सम्मान हो भन्ने सोचमा पुनर्विचार गर्नुपर्छ।विशेष राष्ट्रिय महत्वका पर्वमा सबैलाई बिदा आवश्यक पर्ला। तर समुदाय विशेषका पर्वमा सम्बन्धित समुदायलाई मात्र बिदा दिने व्यवस्था गर्न सकिन्छ।
संस्कृतिको सम्मान गर्ने अनेक उपाय छन्।हरेक संस्कृतिको सम्मानको एउटै मापदण्ड सार्वजनिक बिदा हुन सक्दैन।
बिदाको हिसाब पनि गरौँ
हप्तामा दुई दिन बिदा दिने निर्णय गर्दा इन्धन बचतलाई एउटा प्रमुख आधार बनाइएको थियो। तर अपेक्षाअनुसार इन्धन बचत भएको देखिएन। बरु आन्तरिक पर्यटन बढेको सकारात्मक प्रभाव देखियो।
यसले एउटा कुरा सिकाउँछ, बिदाको प्रभाव अनुमानबाट होइन, तथ्यबाट मूल्यांकन गर्नुपर्छ।
बिदाले अर्थतन्त्रमा कति योगदान गर्योबरु कति उत्पादन रोकियोरु कति सेवा प्रभावित भयोरु आन्तरिक पर्यटनमा कति वृद्धि भयोरु दैनिक ज्यालादारीमा काम गर्नेको आम्दानीमा कस्तो असर पर्योवरुयस्ता प्रश्नको उत्तर खोजेर मात्र बिदाको नीति बनाउनुपर्छ।
बिदा थप्नु सजिलो, काम थप्नु गाह्रो
नेपालमा नागरिकलाई खुसी बनाउने सजिलो उपायमध्ये बिदा घोषणा पनि एउटा बनेको देखिन्छ। तर सरकारको लोकप्रियता बिदाको संख्याले होइन, नागरिकले पाएको सेवाले मापन हुनुपर्छ।विदाले नेपाली नागरिक खुसी हुँदैनन् । सिमित कर्मचारी मात्रै खुसी हुने हुन् ।
नागरिकले सरकारी कार्यालयमा एउटा सिफारिसका लागि तीन दिन धाउनुपरेको छ भने एक दिन बिदा थपिँदा उसको समस्या अझै बढ्छ।त्यसैले बिदा थप्नुभन्दासेवा छिटो, सरल र प्रभावकारी बनाउने प्रतिस्पर्धासुरु गर्नुपर्छ।
सरकारी सेवा सकेसम्म अनलाइन बनाऔँ। नागरिकले कार्यालयको ढोका धाउनै नपर्ने व्यवस्था गरौँ। अत्यावश्यक सेवा बिदाका दिन पनि निरन्तर सञ्चालन हुने प्रणाली विकास गरौँ।
अब सार्वजनिक बिदाको पुनरावलोकन गरौँ
हप्तामा दुई दिन बिदा ठीकै छ भन्ने हो भने पनि बाँकी दिनलाई बढी उत्पादनशील बनाऔँ। सांस्कृतिक बिदाको पुनरावलोकन गरौँ। दिवस मनाउने तरिका बदलौँ। कार्यालय बन्द गरेर दिवस मनाउने परम्पराको विकल्प खोजौँ।दिवसलाईकाम नगर्ने दिन होइन, अझ राम्रो काम गर्ने दिनबनाउन सकिन्छ।बिदा नागरिकको अधिकार र आवश्यकता दुवैसँग जोडिएको विषय हो। त्यसैले बिदाको विरोध होइन, बिदाको विवेकपूर्ण व्यवस्थापनआवश्यक छ।
कुनै दिवसको महत्व त्यस दिन सरकारी कार्यालय बन्द भयो कि भएन भन्ने कुराले निर्धारण गर्दैन। त्यस दिवसले बोकेको मूल्य, आदर्श र सन्देशअनुसार हामीले कति काम गर्यौँर भन्ने कुराले निर्धारण गर्छ।
शहीदको सम्मान बिदाले होइन, इमानदार कामले हुन्छ। संविधानको सम्मान बिदाले होइन, संविधानअनुसारको शासन र व्यवहारले हुन्छ। लोकतन्त्रको सम्मान बिदाले होइन, जनताको आवाज सुनेर हुन्छ।नागरिकको मन जित्ने बिदाले होइन, कामले हो ।


