काठमाडौं । नेकपा एमालेले सत्ता पहुँचका बेला मौका दिएका सबै अवसरवादी देखिएका छन् । भूकम्पपछिको पुनःनिर्माण प्राधिकरणको कार्यकारी बनाइएका सुशिल ज्ञवाली आज घण्टी पार्टीमा पुगेका छन् । बुद्धिजीवीको नाममा अवसरवादीको चलखेल, सत्ता उलटपुलटमा हुने गर्छ । एमालेले च्यापेका मुख्य सचिवको कार्यकाल बाँकी छँदै अमेरिकी राजदूत भएका माधव पौडेल कता छन् ? दिनेश थपलिया नाउको छट्टु प्रशासन पुनःसंरचना आयोगमा बसेर कर्मचारी संरचना भत्काइदिएको उपहार निर्वाचन आयोगको प्रमुख आयुक्तमा नियुक्ति गरेर जग हँसाएर एमाले फुटाइदिएकै हुन् ।
ओली प्रधानमन्त्री भएकै बेला सर्वोच्च अदालतमा चोलेन्द्र शमशेर जबरालाई प्रधान न्यायाधिश बनाएको फल ओलीको सत्ता खोसेर जेठान शेरबहादुर देउवालाई सत्ता सुम्पन परमादेश जारी गराएकै थिए । अशोक सिग्देललाई प्रधान सेनापति बनाएबापत त्यसको पैँचो पनि राम्रै तिरेका छन् । माफिया दीपक भट्टका दाजु शुशिल भट्टलाई धितोपत्र बोर्डमा उपाध्यक्ष बनाएको फल शेयर आतंक देखाएको छ । राष्ट्र बैंकको गभर्नर बन्नु अगाडि लगानी बोर्डमा भित्र्याइएका महाप्रसाद अधिकारीलाई गभर्नर बनाएको फल पछि उनले टेरेनन् । सर्बेन्द्र खनाललाई आईजीपी बनाए ।
माओवादीले र एमालेले दुई चोटी चुनावमा टिकट दियो तर तर तिनै खनाल आज एमाले नेताहरुको खोइरो खन्दैछन् । कल्याण रोक्कादेखि अर्जुन राईसम्मका अनुहारले एमालेको भलो चाहँदैनन् । राई अहिले परराष्ट्र सचिव छन् । उनी आज अमेरिकी साम्राज्यवादका कठपुतली भएका छन् । एमालेले जो बोक्छ त्यो धोकेवाज भएकै छ । पार्टीका शुभचिन्तकहरुलाई हेपेको फल एमालेले आज राम्रैसँग चाख्दैछ ।

